Comments Add Comment

पत्रकार सम्मेलनमा आँचलले किन माग्नुपर्‍यो माफी ?

पत्रकार सम्मेलनमा नायिका आँचल शर्मालाई ‘दाल भात तरकारी’को टिमबाट बोल्नका लागि निषेध गरिएको हो भन्ने प्रश्न सोझियो ? यसको जवाफमा नायिका शर्माले भनिन्–‘कहिलेकाही हामीले जे गर्दापनि गाली नै पाइन्छ । म म्यूजिक भिडियो पनि गर्छु । कतिले मलाई म्यूजिक भिडियो किन गरेको भनेर पनि प्रश्न राख्नुहुन्छ । मलाई पनि दर्शक दोधारमा पर्नुहुन्छ भन्ने लागेको थियो । यसैले म्यूजिक भिडियो आँउदा, युटुबमा इन्टरभ्यू आउँदा दर्शकलाई दिक्क लाग्छ कि भन्ने मलाई लागेको थियो । यसैले चलचित्रको बाहेक अरु विषयमा केही महिना नबोलौं भन्ने लागेको हो ।’

आँचलले अहिले चलचित्र ‘दाल भात तरकारी’ बाहेक अरु बिषयमा नबोल्दा राम्रो हुन्छ कि भनेर आफूले बोल्न नखोजेको बताइन् । यही बीचमा एक पत्रकारले उनलाई प्रश्न सोधे, ‘के तपाईंहरुको मुड अनुसार पत्रकार चल्नुपर्ने हो ? तपाईंहरुले बोल्न चाहँदा बोल्ने, बोल्न नचाहँदा नबोल्ने हो ?’

यस विषयमा आँचलले भनिन्–‘नरम तरिकाले सोध्नुहोस् न, डर लाग्दैन हामीलाई । यसका लागि म क्षमा माग्न चाहन्छु ।’ पत्रकारले फेरि भने–‘कृपया तपाईंहरुका लागि हामीले रातदिन नभनी काम गरेका छौं । कृपया तपाईंहरुले हाम्रो पनि सम्मान गरिदिनुहोला ।’

पत्रकारको कुरा सुनेपछि आँचलले भनिन्–‘दाल भात तरकारीको समयमा अरु विषयमा कुरा नगरौं भन्ने लागेर म नबोलेकी हुँ । म पत्रकारको सम्मान गर्न चाहन्छु । मलाई माफ गरिदिनुहोला ।’ चलचित्र ‘दाल भात तरकारी’का निर्माता किरण केसीले आफूले पत्रकारको अगाडि कसैलाई बोल, कसैलाई नबोल नभनेको समेत स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment