Comments Add Comment

क्यान इन्फोटेक २०१९ को सम्पूर्ण तयारी पूरा

११ माघ, काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले माघ तेस्रो साता आयोजना गर्न लागेको क्यान इन्फोटेक २०१९ को सम्पूर्ण तयारी पूरा भएको छ ।’सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ई सेवा’ नाम दिइएको मेला माघ १५ देखि २० गतेसम्म ६ दिन चल्नेछ ।

सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन क्यान महासंघले स्थापनाको दुई वर्षपछि सन् १९९५ देखि निरन्तर क्यान इन्फोटेक आयोजना गर्दै आएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने सूचना प्रविधि मेलामा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहनेछ । मेलामा एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न सकिनेछ भने नयाँ-नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि प्रदर्शनीमा राखिनेछन् ।

नयाँ-नयाँ स्किम

क्यान महासंघले मेलाको यो संस्करणलाई विशेष बनाउन नयाँ-नयाँ स्किमहरु ल्याएको छ ।

सुबिसुले अवलोकनकर्तालाई लक्षित गरी ल्याएको नयाँ-नयाँ स्किमबारे मेलास्थलमै जानकारी गराउनेछ ।

मेला अवलोकनकर्ताले विदेश भ्रमणदेखि स्वदेशकै पर्यटकीय स्थलसम्मको भ्रमणको अवसर पाउनेछन् । बम्पर पुरस्कारबापत इन्डोनेसियाको बाली र थाइल्यान्डको बैंकक भ्रमणका लागि एक/एक जोडीले दुई रातका लागि खाने-बस्नेसहित जाने-आउने टिकट पाउनेछन् । ईसेवा बाट यी सबै सुविधा उपलब्ध गराइएको हो ।

त्यस्तै, दैनिक पुरस्कारअन्तर्गत काठमाडौंमा प्याराग्लाइडिङ, त्रिशूलीमा र्‍याफि्टङ, पोखरामा बन्जीजम्प अथवा जिपफ्लायर र केजीएच गु्रप अफ होटल्समा हरेक दिन एक जोडीलाई एक रात बस्ने सुविधा प्रदान गरिनेछ ।

यसबाहेक, हरेक दिन पाँच जनालाई दुई हजार रुपैयाँबराबरको सपिङ भौचर प्रदान गरिनेछ । त्यस्तै, ६० जनालाई दुई सय रुपैयाँबराबरको फुड भौचर र मेलाका सहभागीमध्ये ६ जनाले प्रत्येक दिन मुभी टिकट पाउनेछन् । यो अफरमा सहभागी हुन मेला अवलोकनकर्ताले ऋब्ल् टाइप गरेर ३२१२१ मा पठाउनुपर्नेछ । अनलाइन टिकेटिङ ईसेवाको वेबसाइटबाट १० प्रतिशत छुटमा खरिद गर्न सकिनेछ । साथै खल्तीको को एप प्रयोग गरी  १० प्रतिशत  छुटमा खरिद गर्न सकिनेछ ।

त्यसैगरी, क्यान इन्फोटेकमा एनसेलको पनि आकर्षक स्टल रहनेछ । यस स्टलबाट अवलोकनकर्ताले आफ्नो एनसेल थि्रजी सिमलाई सहजै फोरजी सिममा परिवर्तन गर्न र नयाँ सिम लिन सक्नेछन् । त्यस्तै, एनसेलको चर्चित सेल्फ केयर एप ‘एनसेल एप’ को बारेमा जानकारी लिनुका साथै डाउनलोड बुथबाट उक्त एप डाउनलोड पनि गर्न सक्नेछन् । यसबाहेक एनसेलको अन्य विविध कस्टमर इन्गेजमेन्टसम्बन्धी गतिविधि पनि रहनेछ ।

मेलामा प्रो लिङ्कले नयाँ नयाँ ग्याजेट्सहरु आईपी क्यामेरा, ट्राभल चार्जर, पि्रजेन्टर, फोर जी मोडेम लगायत लन्च गर्दै छ ।

यसैगरी बिभिन्न कम्पनीहरुले ल्यापटप, पि्रन्टर, कम्युटर, सि.सी टी.भि, प्रोजेक्टर, एंटीभाइरस, बिधालयमा प्रयोग हुने स्मार्ट बोर्ड लगायतका सामानहरुमा आकर्षक छुट प्रदान गर्ने छन् ।

मेलाका आकर्षण

यसपटकको मेलामा रोबोट ब्याटल कम्पिटिसनको छुट्टै आकर्षण रहने अपेक्षा गरिएको छ । मेलामा रहने रोबोटिक्स जोनमा पाँच दिनसम्म रोबोट ब्याटल कम्पिटिसन हुनेछ । जसमा मावि, उच्च मावि तथा इन्जिनिरिङ कलेजका विद्यार्थीले बनाएका रोबोटबीच ब्याटल कम्पिटिसन गराइनेछ । प्रतिस्पर्धामा प्रथम र द्वितीय हुने टिमलाई नगद पुरस्कार प्रदान गरिनेछ ।

त्यस्तै, मेलामा इन्नोभेसन प्याभिलन समेत रहनेछ । इन्नोभेसन प्याभिलनमा प्रविधिको प्रयोगबारे जानकारी गराइन्छ ।

प्रभु इन्स्योरेन्सले प्रदर्शनीस्थल र स्टलको २ करोड रुपैयाँबराबरको बिमा गर्नेछ । त्यस्तै, कम्पनीले प्रत्येक स्टललाई पाँचवटा बिमा पोलिसी प्रदान गर्नेछ ।

सूचना प्रविधिदेखि बैंक, बिमासम्मको सहकार्य

२५औं संस्करणको क्यान इन्फोटेकको मुख्य प्रायोजक सुबिसु केबलनेट प्रा.लि. हो भने एसोसिएट प्रायोजक ई सेवा फोन पे प्रा.लि. हो । डाइमन्ड स्पोन्सरमा प्रभु ग्रुप रहेको छ । त्यस्तै, गोल्ड स्पोन्सरमा एनसेल प्रा.लि. र लर्ड बुद्ध एजुकेसन फाउन्डेसन रहेका छन् । मेलाको सिल्भर स्पोन्सरमा प्रोलिङ्क, एस-पावर बिपिई प्रा.लि. र टेक्नोस कर्पोरेसन (नेपाल) प्रा.लि. तथा पि्रन्ट स्पोन्सरमा एक्सन प्वाइन्ट नेपाल रहेको छ । क्यान इन्फोटेकको अफिसियल पार्टनर नेपाल क्लियरिङ हाउस लिमिटेड, अफिसियल बैंक प्रभु बैंक, बिमा पार्टनर प्रभु इन्स्योरेन्स लिमिटेड, अफिसियल स्पोन्सरमा नेपाल टेलिकम र अफिसियल अनलाइन टिकेटिङमा एफ वान सफ्ट इन्टरनेसनल प्रा.लि. रहेका छन् ।

जानकी टेक्नोलोजी प्रा.लि. अफिसियल एसएमएस पार्टनर र अफिसियल डिजिटल मार्केटिङ पार्टनरको भूमिकामा रहेको छ । मेलाको अफिसियल अनलाइन पेमेन्टमा ई-सेवा फोनपे प्रा.लि., अफिसियल इन्टरनेट सर्भिस प्रोभाइडरमा सुबिसु केबल नेट प्रा.लि. र अफिसियल सिसिटिभी पार्टनरमा ई-थ्री सेल्स एन्ड सर्भिस प्रा.लि. रहेका छन् ।

कुल १७५ स्टल रहने मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्टि्रव्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन्स, आईसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सˆटवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्सलगायतका स्टल रहनेछन् । मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १०० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ । माघ १७ गते बिजनेस डेका दिन भने सबैले १०० रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्नेछ ।

प्रविधि मेलामा सामूहिक रुपमा आउन चाहने सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीले विद्यालयबाट पत्र लिएर आएमा निःशुल्क प्रवेश पाउनेछन् । त्यस्तै, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई पनि निःशुल्क प्रवेशको सुविधा दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment