Comments Add Comment

जुट्ला त ओमान र यूएईसँग श्रम समझदारीमा सहमति ?

श्रम समझदारीबारे छलफल गर्न जाँदै नेपाली टोली

११ माघ, काठमाडौं । सरकारले ओमान र युएईसँग श्रम समझदारी (एमओयू)को मस्यौदा टुंगो लगाउन लागि प्राविधिक टोली पठाउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा दुबै देशमा एकैपटक प्राविधिक टोली पठाउन लागेको हो ।

मन्त्रालयको टोली शनिबार ओमान जानेछ । आइतबार र सोमबार ओमानका अधिकारीसँग छलफल हुनेछ । प्राविधिक टोली मंगलबार युएई जानेछ । बुधबार र बिहीबार युएईसँग छलफल गर्ने कार्यक्रम छ ।

मलेसियासँग भएको श्रम समझदारीभन्दा पनि उन्नत किसिमबाट समझदारी गर्ने गरी यी दुबै देशसँग एमओयूको मस्यौदा टुंग्याउने योजना रहेको श्रम मन्त्रालयका सहसचिव घिमिरेले बताए । ‘शून्य लागतमा कामदार लैजाने र व्यवसायजन्य स्वास्थ्य सुरक्षाका कुरा पनि प्रमुख रुपमा उठाउँछौं,’ उनले भने,’ हामी एमओयूका लागि हाम्रा न्युनतम् अडानहरु के-के हुन् भन्ने कुरा स्पष्ट ढंगले राख्छौं ।’

ओमान र युएईसँग पहिलो चरणमा श्रम समझदारीका लागि मस्यौदा आदानप्रदान भसकेेको छ । पहिलो चरणमा युएई र ओमानले पठाएका मस्यौदामा नेपालले चाहेजस्ता विषय उल्लेख नभएकाले अब नेपाली टोली नै पुगेर आफ्ना एजेन्डा स्पष्टसँग राख्ने योजना बनेको हो ।

नेपालले यसअघि नै युएईसँग एमओयू गरेको छ, तर त्यो कामदारको हितमा छैन । अब त्यसलाई अन्तर्राष्ट्रिय रुपमा स्थापित श्रम अधिकारका सवालहरुलाई परिमार्जन गर्न टोली छलफलका लागि जान लागेको हो ।

‘कामदारको हित हुँदैन भने एमओयू गरिरहनै पर्दैन, हामी ती दशेमा कामदार पठाउने कुरालाई व्यवस्थित र मर्यादित मात्रै बनाउन चाहाँदैनौं, त्यहाँ गएपछि हाम्रा कामदारको सुरक्षा कसरी हुन्छ भन्ने ग्यारेन्टी पनि लिन्छौं,’ घिमिरेले भने ।

ओमानसँग भने यसअघि कुनै दुईपक्षीय समझदारी भएको छैन । यी देश जाने टोलीले श्रमिकको हक अधिकारलाई केन्द्रमा राखेर निःशुल्क भिसा प्रक्रिया तथा हवाई टिकट, राम्रो सेवा सुविधा, २४ घण्टे बिमा लगायतका विषयमा जोड दिनेछ ।

‘सेवा सुविधा समयमै बैंक खातामै उल्पब्ध गराउनुपर्ने, न्यायमा पहुँच दिनुपर्ने, ठगी रोक्नुपर्ने लगायका विषयमा पनि नेपालले आफ्ना विषयहरु राख्छ,’ सहसचिव घिरिे भन्छन्,’ सकेसम्म सहमति जुटाएर मस्यौदालाई अन्तिम रुप दिन प्रयत्न हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment