Comments Add Comment

म्यान्चेस्टर सिटी एफए कपको पाँचौं चरणमा

१३ माघ, काठमाडौं । म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेको छ ।

शनिबार भएको चौथो चरणको खेलमा बर्नेलीलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै म्यान्चेस्टर सिटी एफए कपको पाँचौ चरणमा पुगेको हो ।

बर्नेलीमाथि जित हात दिलाउने क्रममा सिटीका लागि ग्राबियल जिसस, बर्नार्डो सिल्भा, केभिन डी ब्रुएन र सर्जियो अग्युरोले गोल गरे । बर्नेलीका केभिन लङले आत्मघाती गोल गरेपछि सिटीले एक गोल भने उपहार स्वरुप पाएको थियो ।

आफ्नै घरेलु मैदानमा बर्नेलीमाथि खेल अवधिभर सिटीले बल निययन्त्रणमा राखेको थियो । २३ औं मिनेटमा जिससले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलअन्तरले अघि रहेको सिटीले दोस्रो हाफमा भने गोलको वर्षा नै गर्यो ।

सिल्भाले खेलको ५२ औं मिनेटमा गोल गर्दै सिटीलाई दोब्बर अग्रता दिलाएका थिए । त्यस्तै, सिटीको जितमा ६१ औं मिनेटमा ब्रुएनले गोल गर्दा खेलको ७३औं मिनेटमा भने बर्नेलीले आत्माघाती गोल गर्न पुग्यो ।

बर्नेलीका लङले आत्मघाती गोल गरेपछि सिटीले ४–० को अग्रता बनाएको थियो । अग्युरोले पेनाल्टीबाट खेलको ८५ औं मिनेटमा गोल गरेपछि सिटीले बर्नेलीलाई ५–० गोलअन्तरले पराजित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment