Comments Add Comment

नेविसंघद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन

१३ माघ, काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै उनको पुत्ला दहन गरेको छ ।

चिकित्सा शिक्षा विधेयक संसदबाट पास गरेको विरोधमा नेविसंघका कार्यकर्ताहरुले आइतबार बिहान राजधानीको पशुपति क्याम्पस अगाडि प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् ।

चिकित्सा विधेयक संसदबाट जबरजस्ती पास गरेको भन्दै प्रतिपक्ष दल नेपाली कांग्रेस सरकारसँग क्रूद्ध बनेको छ । माउ पार्टीले आन्दोलनको चेतावनी दिइरहेका बेला नेविसंघले आइतबार सरकारलक्षित विरोध कार्यक्रम गरेको हो ।

नेविसंघले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन र वाइडबडी खरिद प्रकरणमा भएको अनियमितताको छानबिन गर्न पनि माग गरेको छ ।

नेविसंघका नेता तथा कार्यकर्ताहरुले गरेको प्रदर्शनका कारण  केहीबेर पशुपति क्याम्पसअगाडिको सवारी आवागमनसमेत प्रभावित बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment