Comments Add Comment

स्कुलको ड्रेसमा खुलेकी प्रियंका

काठमाण्डौमा आयोजित एक कार्यक्रममा केही ढिला पुगेकी नायिका प्रियंका कार्कीको पहिरनले सबैको ध्यान तान्यो । स्कुलको पहिरनमा कार्यक्रममा पुग्दा, धेरैले प्रियंकाको हट बन्ने तरिका भन्ने वुझे । तर, नायिका कार्की भन्दै थिइन्–‘म झन् राम्री भाकी छु है । खै के गर्ने होला ।’

प्रियंकाले स्कुलमा यूवतीहरुले लगाउने जस्तो पहिरन लगाएको बिषयमा भनिन्–‘आयंका फाउन्डेशनले एक स्कुलसँग मिलेर काम गर्दैछ । भर्खर, त्यहाँ पुगेर आएकी हुँ । यसैले आफूमा पनि विद्यार्थी भएको भावना जागोस् भनेर यस्तो कपडा लगाएकी हुँ ।’

कार्कीले अगाडि थपिन्–‘स्कुलमा एकजना सानी बहिनीले त मलाई खुबै जिस्क्याइन् । मेरो भन्दा पनि तपाइको स्कर्ट छोटो भन्दै जिस्क्याउँदा लाज पनि लाग्यो ।’ नायिका कार्की काठमाण्डौमा जाडोमा पनि खुबै खुलेकी थिइन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment