Comments Add Comment

बार्सिलोना छोडेर कदापि अन्यत्र जान्नँ : जोर्डी अल्बा

१३ माघ, काठमाडौं । बार्सिलोनाका लेफ्ट ब्याक जोर्डी अल्बा आफ्नो सम्झौता नवीकरण हुनेमा ढुक्क देखिएका छन् । साथै उनले आफैं क्लब छोड्ने कुनै मनशाय नभएको प्रष्ट पारे ।

बार्सिलोनासँग अल्बाले गरेको सम्झौताको म्याद सन् २०२० को जुनमा सकिँदैछ । २९ वर्षका यी खेलाडी टीमका महत्वपूर्ण सदस्य हुन् र उनको लियोनल मेस्सीसँग निकै राम्रो तालमेल मिल्छ । अल्बाले बार्सिलोनामा आफ्नो यात्रा अझै लामो हुने बताएका छन् । ।

‘म सम्झौता नवीकरणका विषयमा निकै आशावादी छु । मेरो सपना भनेको बार्सिलोनामै रहने हो । यो टीम छोड्ने मैले कल्पना नै गरेको छैन,’ उनले भने ।

अल्बाले अन्यत्र गएर आफू खुशी हुन नसक्ने बताउँदै उनले बार्सिलोनाबाटै रिटायर्ड हुने इच्छा व्यक्त गरे ।

‘फुटबलमा केही भन्न सकिँदैन । तर मैले बारम्बार भन्दै आएको छु कि म यही क्लबमा बस्न चाहन्छु,’ अल्बाले भने ।

केही वर्षयता आफ्नो खेलमा धेरै सुधार आएको उल्लेख गर्दै उनले प्रशिक्षक एर्नेस्टो भलभर्देको खुब प्रशंसा गरे ।

‘पहिलो मिनेटदेखि नै उहाँले मलाई ठूलो आत्मविश्वास दिनुभयो । उहाँ यही क्लबमा लामो समय रहनुहुने अपेक्षा गरेको छु । चाँडै हामी दुवैको सम्झौता नवीकरण होस’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment