Comments Add Comment

सरकारबिरूद्ध बानेश्वरमा नेविसंघको प्रदर्शन (फोटो फिचर)

१३ माघ, काठमाडाैं । नेपाल विद्यार्थी संघले आइतबार पनि सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

विहान विभिन्न कलेजमा प्रदर्शनसहित प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको नेविसंघले दिउँसो माइतिघरबाट नाराबाजीसहित नयाँबानेश्वरसम्म प्रदर्शन गरेको हो ।

चिकित्सा शिक्षा विधेयक संसदबाट पास गरेको बिरोधमा नेविसंघले बिरोध प्रदर्शन गरेको हो । माउ पार्टीले आन्दोलनको चेतावनी दिइरहेका बेला नेविसंघले प्रदर्शन गरिरहेको छ ।

शनिबार पनि त्रिभूवन विमानस्थलमा नेविसंघले प्रधानमन्त्रीलाई कालो झण्डा देखाएको थियो ।

प्रदर्शनको क्रममा निषेधित क्षेत्र तोडेका केही कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको नेविसंघले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment