Comments Add Comment

भूत देखेकी त छैन, तर अध्यारोमा डर लाग्छः शिल्पा पोखरेल

तपाई आस्तिक कि नास्तिक ?
म आस्तिक नै हो । विहान बेलुका नै पूजा गरिरहेको हुन्छु । नास्तिक त कसरी भएँ र होइन ?

मन्दिर कत्तिको जानुहुन्छ ?
मलाई मन्दिर जान मन पर्छ ।

कुन कुन मन्दिर पुग्नु भएको छ ?
म प्राय जसो गणेश मन्दिर जान्छु । भिमसेन नाथको मन्दिर र विराटनगरको काली मन्दिर पनि जान्छु ।

मन्दिरमा कति घण्टासम्म लाइन बसेको अनुभव छ ?
ए, बसेको छु टन्नै । झण्डै चार घण्टासम्म लाइनमा बसेकी छु।

कुन–कुन भगवानमा बढी आस्था राख्नुहुन्छ ?
म सबै भगवानमा आस्थावान् छु । विशेषगरि गणेश भगवानलाई बढी मान्छु ।

मन्दिर पुगेर भगवानसँग माग्ने वर के हुन्छ ?
सायद सबैले आफ्नो कार्य सफलताको नै वर माग्नुहुन्छ होला । मैले पनि त्यहीँ माग्ने गरेको छु ।

भाकल गर्नुभएको छ वा छैन ?
नाई । मैले आजसम्म भाकल गरेकी छैन ।

दान गर्नुभएको छ कि छैन ?
दान गरेकी छु । पशुपतितिर जाँदा त्यहाँको वृद्धआश्रममा पुगेर खाना र कपडा दान गरेकी छु ।

धार्मिक ग्रन्थहरु पढ्नुभएको छ ?
त्यस्तो त पढेको छैन । तर, मम्मीले स्वस्थानी पढ्दा सुन्ने गरेकी छु ।

व्रत बस्नुहुन्छ ?
दुई वर्ष अघिसम्म बस्थेँ तर पछि सधै सुटिङले गर्दा ग्यास्टिक भयो । त्यसैले अहिले व्रत बस्दिनँ ।

माछामासु खानुहुन्छ ?
खान्छु त्यो त ।

तपाईलाई के के मन्त्र आउँछ ?
ॐ भुर भूवस्य !

तपाई केही काम सुरु गर्नु अघि साइत हेराउनु हुन्छ कि हुन्न ?
हेराउँछु । मनको सन्तुष्टीको लागि भएपनि हेराउने गरेको छु ।

वास्तुशाष्त्रमा विश्वास छ कि छैन ?
विस्वास लाग्छ । नयाँ घर सर्नु पर्यो भने चिना हेराएर, ज्योतिषलाई देखाएर मात्र सर्छु ।

कस्तो समयमा भगवान सम्झिनुहुन्छ ?
म त खुसीमा पनि, दुखमा पनि अनि डरमा पनि भगवानलाई पुकारिरहेको हुन्छु ।

भूतप्रेतमा कत्तिको विश्वास गर्नुहुन्छ ?
भूत देखेको छैन । तर अध्यारोमा एक्लै भए भने भूतको डर लाग्छ ।

बिरामी हुँदा झारफुक गर्नुभएको छ कि छैन ?
मलाई त्यसमा विस्वास लाग्दैन । त्यसैले आजसम्म त्यता मन गएको छैन ।

स्वर्ग र नर्कमा विश्वास छ कि छैन ?
मलाई स्वर्ग र नर्क बारे थाहा छैन । मेरो लागि स्वर्ग मेरो देश हो ।

तपाईको विचारमा सबैभन्दा पुण्यको काम के होला ?
सबैभन्दा पुण्यको काम भनेको अरुलाई खुसी पार्नु हो ।

अनि पाप ?
अरुलाई रुवाउनु ।

 

(नायिका शिल्पा पोखरेलसँग ‘धर्म कर्म’ स्तम्भ अन्र्तगत रहेर अनलाइनखबरले गरेको कुराकानी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment