Comments Add Comment

म जे चाहन्छु, त्यही पाउँछुः पूजा शर्मा

चलचित्र क्षेत्रमा प्रवेश गरेको केही समय बर्षसम्म पनि हिट चलचित्र नभएपछि छटपटिएकी नायिका पूजा शर्मालाई ‘प्रेमगीत’ले नयाँ परिचय दियो । यो चलचित्रबाट दर्शकको नजरमा परेकी पूजा अहिलेकी हटकेक हुन् ।

पूजा शर्मा भने आफूलाई ‘लक’ लागिरहेको बताउँछिन् । चलचित्र ‘सम्हालिन्छ कहिले मन’मा गायन क्षेत्रमा स्टार भैसकेका सोनम तोप्देनलाई जोडीको रुपमा पाएपछि पूजा खुशी छिन् । पूजाले, सोनमलाई आफूले नै रोजेको बताइन् । उनले भनिन्–‘कुनै पनि चिज पाउनका लागि लक लाग्नपर्छ । कसैलाई जे सोच्यो त्यही पुग्छ । सायद, अहिले मलाई पनि त्यही भैरहेको छ ।’

उनले अगाडि भनिन्–‘मैले जे चाहेकी छु, त्यो पाएकी छु । अझै पनि धेरै कुरा पनि पाउन बाँकी छ । चलचित्र रिलिज भएपछि दर्शकको माया पाउने कुरामा पनि विश्वस्त छु ।’ यस्तै, नायक आकाश श्रेष्ठ दर्शकको डिमाण्ड र कथाको माग अनुसार फेरि पनि चलचित्रमा जोडिएको बताइन् । उनले भनिन्–‘आकाश चलचित्रमा जोडिनु कथाको डिमाण्ड पनि हो । यस्तै, दर्शकले पनि हामी दुइलाई पर्दामा आउनुपर्छ भनेका कारण पनि यो अवसर जुटेको हो ।’

नायिका शर्माले १५ लाख पारिश्रमिक लिएको बिषयमा पत्रकारको प्रश्नमा पनि जवाफ दिएकी छिन् । उनले भनेकी छिन्–‘कथावस्तु, नाम, भूमिका मन परेको खण्डमा मिलेर काम गर्न सक्छु । अरु त के भन्नु खै ।’

 

पूजा, आकाश र सोनमको ‘सम्हालिन्छ कहिले मन’ घोषणा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment