Comments Add Comment

डा. केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरूले सुरू गरे रिले अनसन

१४ माघ, काठमाडाैं । अनसनरत डा. गोविन्द केसीको जीवनरक्षा माग गर्दै चिकित्सकहरुले आज (सोमबार)बाट रिले अनसन सुरू गरेका छन् ।

चिकित्सा शिक्षा सुधारलगायत माग राखेर गत पुस २५ देखि १६ औं अनसनमा रहेका केसीको माग पूरा गर्न सरकारले आनाकानी गरेको भन्दै नेपाल चिकित्सक संघले रिले अनसन सुरू गरेको हो ।

अनसन बसेपनि सेवा सञ्चालन प्रभावित हुन नदिने संघले जनाएको छ । आलोपालो बसेर सेवा प्रभावित हुन नदिने संघका अध्यक्ष मुक्ति श्रेष्ठले बताए ।

अनसन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।

उपत्यकाका चिकित्सकले त्रिवि शिक्षण अस्पताल र जिल्ला बाहिरका चिकित्सकले आफू कार्यरत अस्पताल वा संघको शाखा कार्यालयमा धर्नासमेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment