Comments Add Comment

कान्तिपथमा यामाहाको ‘अपग्रेडेड’ सोरुम

१४ माघ, काठमाडौं । यामाहाका मोटरसाइकलको आधिकारीक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले जमलमा थप सुविधासहितको यामाहाको ‘अपग्रेडेड’ सोरुम सुरु गरेको छ ।

एमएडब्लु इन्टरप्राइजेजले नयाँ डिलर सम्मान इन्टरप्राइजेजमार्फत ग्राहकले सेल्स, सर्भिस र स्पेयर पार्टस्सहित एक्सचेन्ज र स्पट फाइनान्सको सुविधा पाउनेछन् ।

नयाँ सोरुमको उद्घाटन मिस नेपाल २०१८ श्रृंखला खतिवडाले गरिन् । उद्घाटन कार्यक्रममा एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक अग्रवालले नयाँ सोरुम पहिलेभन्दा अझ बढी परिष्कृत, व्यवस्थित र ग्राहकमैत्री हुने बताए ।

‘मलाई विश्वास छ, सम्मान इन्टरप्राइजेजले यामाहाप्रति ग्राहकको विश्वासलाई अझ बलियो बनाउनेछ र नयाँ उचाइमा पु¥याउनेछ ।’ उनले भने ।

सम्मान इन्टरप्राइजेजका प्रबन्ध निर्देशक सुरज मानन्धरले यामाहा ब्रान्डसँग विगत दुई दशकदेखि नजिक रहेको र अटुट विश्वासकै कारणले यो सम्भव भएको बताए ।

‘आफुले सधैं विश्वास गरेको ब्रान्डसँग अझ नजिक हुन पाउनु मेरो लागि गौरवको कुरा हो ।’ उनले भने, ‘मेरो एउटै मात्र उद्देश्य ग्राहकको पूर्ण सन्तुष्टि हुनेछ ।’

सम्मान इन्टरप्राइजेजबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरुको एक्सचेन्ज र फाइनान्सको पनि सुविधा पाउन सकिनेछ ।

हाल स्कुटर सेग्मेन्टमा यामाहाको फेसिनो, रे जेडआर र रेजी गरी तीन मोडेल बजारमा उपलब्ध छन् भने मोटरसाइकलमा आर३, एफजी२५, फेजर२५, आर१५भी३, एफजेड–एस एफआई, एसजीआरआर र सलुटो उपलब्ध छन् ।

यामाहाले भर्खरै मात्र तेस्रो पुस्ताको आर १५ बजारमा ल्याएको छ जसले युवा राइडरहरुलाई आकर्षित गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment