+
+
Shares

मेयरसँग गुनासो : गाउँमा सिंहदरबारमात्रै आएन, बागमती र टुकुचा पनि आयो

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १५ गते १३:५०

१५ माघ, सिन्धुपाल्चोक । ‘सिंहदरबारको अधिकार गाउँमा आयो भन्नुभयो मेयर साब तर सिहंदरबारसँगै बागमती र टुकुचा पनि आएछ’ बाह्रविसे बजारकी सीता श्रेष्ठले व्यंग्य गर्दै मेयर निमफुञ्जो शेर्पालाई भनिन् ‘सिहंदरबार पनि ल्याउनुभएछ, अनि बागमती र टुकुचा पनि सँगै ल्याउनुभएछ ।’

बाह्रबिसे नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइमा उनले नगरमा ढल र नालीको समस्या उठाउँदै काठमाडौंको फोहोर नदीहरु बागमती र टुकुचाको प्रसंग जोडिन् । ‘नगरपालिकाले कालोपत्रे गरेको छ, तर ढल र नालीको राम्रो व्यवस्था नहुदा दुर्गन्ध फैलिएको छ’ उनले भनिन् ‘हामी नगरबासी भयौ, सिंहदरबारको अधिकार पनि पाएका छौं, तर हामीलाई टुकुचा र बागमती भने चहिदैन ।’

नगरपालिकाले खोला र खुला ठाउँमा फोहोर फालेर दुर्गन्ध फैलाएकोमा पनि नगरवासीले गुनासो गरे । जवाफमा मेयर शेर्पाले भने ‘केही प्राविधिक कारणले ढलको व्यवस्थापन गर्न समस्या भइरहेको छ,अब को केही दिनमा नै यो समस्या समाधान गर्छु ।’

सार्वजनिक सुनुवाइमा अर्का नगरवासीले प्रश्न गरे ‘१० किलोमिटर सडक निर्माणका लागि नगरपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेको रहेछ तर वडा अध्यक्षले तीन दिन डोजर लगाएर पैसा लिए, यसको छानबिन हुन्छ कि हुँदैन ? बाह्रबिसे नगरपालिका–४ का हेमन्त श्रेष्ठले साउनमा आएको बाढी र पहिरोले साँधी खोल्साको पुल बगाएको ७ महिना भइसक्यो अब त्यहाँ पुल कहिले निर्माण हुन्छ ?

स्थानीय जयगोल्मा आधारभूत विद्यालयकी प्रधानाध्यापक रञ्जना तिमिल्सिनाले भूकम्पले भत्काएको विद्यालय अहिलेसम्म निर्माण हुन नसक्दा विद्यार्थीहरुलाई समस्या भएको गुनासो गरिन् । विद्यालयको नाममा ३ आनामात्रै जग्गा भएकाले अस्थायी टहरामा पढाइरहेको भन्दै उनले जग्गा व्यवस्थापन गरेर विद्यालय निर्माणमा सहयोग गर्न आग्रह गरिन् ।

सार्वजनिक सुनुवाइमा जनप्रतिनिधिले समेत आफ्ना समस्या राखेका थिए । बाह्रविसे भूकम्पपीडित लाभग्राहीमा नाम छुट भएर गुनासो दर्ता गरेको भए पनि हालसम्म सुनुवाई नभएकोमा स्थानीयले चिन्ता ब्यक्त गरे । ‘नाम छुट भएपछि गुनासो दर्ता गरियो तर अहिलेसम्म सुनुवाई भएन’, स्थानीय नेत्रबहादुर थापाले गुनासो गरे, –‘नाम छुट भएका बास्तविक भूकम्पपीडितले अनुदान कहिले पाउँछन् ?’

मेयर निमफुञ्जो शेर्पाले बाह्रविसे नगरपालिकालाई समृद्ध बनाउन काम गरिरहेको बताए । ‘हरेक महिना एकीकृत सेवा लिएर गाउँ बस्तीमा गइरहेका छौं, योजनाहरुको आफै सहभागी भएर अनुगमन गरिरहेका छौ’ उनले भने ‘समय अझै बाँकी छ, तपाईंहरुले दिएको जिम्मेवारी हामी पूरा गर्नै छौं ।’

नगरपालिकाले फोहोर मैला नियन्त्रणका लागि डम्पिङ साइट, ढल, नालीको व्यवस्थापनका लागि काम गरिरहेको मेयर शेर्पाले बताए । नगर उपप्रमुख सुशीला पाख्रिनल न्यायिक समितिबाट धेरै जनालाई नगरभित्रै न्याय प्रदान गर्न पनि आफूहरु सफल भएको पाख्रिनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?