Comments Add Comment

रेनो डस्टर आरएक्सएस नेपाली बजारमा

१५ माघ, काठमाडौं । रेनो गाडीको नयाँ मोडल ‘रेनो डस्टर आरएक्सएस’ को नेपालमा बिक्री शुरु भएको छ ।

नेपालका लागि रेनोको आधिकारिक वितरक एड्भान्स अटोमोबाईल प्रालि (बिशाल ग्रुपको सहायक कम्पनी) ‘रेनो डस्टर आरएक्सएस’ नेपाली बजारमा भित्र्याएको हो ।

नक्सालको स्टेट अफ द आर्ट शोरुममा मंगलबार एक कार्यक्रमका बीच रेनो डस्टर आरएक्सएसको बिक्री थालनी गरिएको हो ।

रेनो डस्टर आरएक्सएस पेट्रोल भेरियन्टमा उपलब्ध रहेको छ । यसमा स्मार्टफोन भ्वाइस पहिचान प्रणाली, यूएसबी र अक्स इन कनेक्टीभिटी र ७ इन्चको टच स्त्रिmन इन्फोटेन्मेन्ट कम्प्याटिबल ब्लुटुथ जडान गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यसमा आरएक्सएस संस्करणमा डियोल एयरब्याग, एबीएस, हिल एसिस्ट, इन्जिन मोबिलाइजर, सेन्ट्रल लकिङ, चाइल्ड सेफ्टी लक, पावर डोर लक, गन मेटल फिनिस सिङ्गल हृवीललगायतका फिचर रहेका छन् ।

यसमा स्टीरिङ अडियो र फोन नियन्त्रण गर्ने, गियर रिडिङ ल्याम्प र जीपीएस नेभिगेसन जस्ता विशेषता रहेको कम्पनीले उल्लेख गरेको छ ।

‘डस्टर आरएक्सएस संस्करण १.५ डीसीआई इन्जिनद्वारा संचालित छ जसले ८५ एचपीपावर र २०० एनएम टर्क जेनेरेट गर्छ’, कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस संस्करणमा एयर कन्डिसनर, हिटर, स्टेरिङ एडजस्टमेन्ट, स्टेरिङ माउन्ट अडियो, प्ावर सप्लाई पोर्ट, रियर आर्मरेष्ट, इलेक्ट्रीकल्ली एडजस्टेवल रियर भ्यू मिरर लगायतका विशेषताहरु छन् ।

डस्टर एक्सआरएसमा अगाडि डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक रहेको छ र अलोय हृवीलसमेत रहेको छ । डस्टर एक्सआरएस भरपर्दो, विश्वाीलो पहुँचयोग्य पि्रमियम एसयूभी हो ।

यसमा उत्कृष्ट इन्जिनियरिङ, स्टाईल, सुरक्षा र सुलभ तथा आरामदायी सुविधाहरु समावेश गरिएका छन् । डस्टर एक्सआरएसले दम्दमर प्रदर्शन, ड्राइभ क्षमता र दक्षता प्रदर्शन गर्छ ।

फ्रान्सेली अटोमोबाइल निर्माताले केडब्लूआईडीको सहकार्यमा २०१६ देखि नेपाली बजारमा रेनो डस्टरको बिक्री शुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment