Comments Add Comment

प्रदेश ५ को नाम मगरात राख्न मगर संघको माग

१५ माघ, बुटवल । नेपाल मगर संघ प्रदेश ५ को नाम मगरात हुनुपर्ने माग गरेको छ । प्रदेश ५ मा मगरको जनसंख्या सबैभन्दा धेरै भएको र आदिमकालीन नामसमेत भएकाले प्रदेशको नाम मगरात हुनुपर्ने संघको तर्क छ ।

नेपाल मगर संघले रुकुम पूर्वदेखि पाल्पासम्मको मगर समुदायको सघन वस्ती भएका क्षेत्रलाई समेटेर मगरात स्वायत्त क्षेत्र घोषणा गर्न समेत माग गरेको छ ।

‘संविधानमै स्वायत्त क्षेत्रहरु बनाउन सकिने उल्लेख छ, त्यसैले रुकुम पूर्वदेखि पाल्पासम्मको पहाडी क्षेत्रलाई मगरात स्वायत्त क्षेत्र बनाइनुपर्छ’ संघका प्रदेश ५ का इन्चार्ज दलबहादुर विरकट्टाले भने ‘संविधान कार्यान्वयन नभए दबावका लागि आन्दोलन हुनेछ ।’

२०६८ को जनगणना अनुसार प्रदेश ५ मा मगरको जनसंख्या सात लाख एक हजार पांच सय ८६ छ । मगर संघले प्रदेश ५ को कूल जनसंख्याको १९ प्रतिशत मगर रहेको दावी गरेको छ ।

प्रदेश ५ मा ४५ लाख जनसंख्या रहेको छ । तर प्रदेश सरकारले सार्वजनिक गरेको तथ्यांकमा भने मगरको जनसंख्या १५.१ प्रतिशत र थारुको १५.२ प्रतिशत छ । सरकारको तथ्यांकप्रति पनि मगर संघले असहमति जनाएको छ ।

संघले मगर भाषालाई प्रदेश सरकारको सरकारी कामकाजको भाषा बनाउन र स्थानीय तहहरुमा पनि मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरेको छ ।

संघका प्रदेश ५ संयोजक धनबहादुर पुनले पहिचानसहितको राज्य पुनसंरचना हुन नसकेकाले संविधान अपूर्ण रहेको बताए । संघले माघ १९ गते बुटवलमा प्रदेश अधिवेशनसमेत गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment