Comments Add Comment

मोदीसँग कपिलले माफी मागे

एक बर्ष अगाडि भारतका सफल कमेडियन कपिल शर्माले मध्यरातमा गरेका ट्विटले उनलाई विवादमा तान्ने गरेको थियो । कपिल शर्माले मध्यरातमा गर्ने ट्विटमा उनले एकपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि समेत प्रहार गरेका थिए । आफूले घर बनाउने क्रममा ५ लाख घुस दिनु परेको उल्लेख गर्दै उनले मोदीलाई ‘तपाइको राम्रो दिन’ यही हो भनेर प्रश्न गरेका थिए ।

तर, अहिले कपिल शर्मा फेरि आफ्नो हिट शोका साथ राष्ट्रिय टेलिभिजनमा फर्किएका छन् । सोनी टेलिभिजनबाट प्रशारण हुने ‘द कपिल शर्मा शो’ मार्फत फेरि उनले आफ्नो लोकप्रियता प्राप्त गरेका छन् । यो शोमा कपिलले मोदीसँग माफी मागेका छन् । कार्यक्रममा उपस्थिती अतिथीहरुसँगको कुराकानीका क्रममा उनले माफी मागेका हुन् ।

कपिलले मध्यरातमा गरेको ट्विट र विवादको बिषयमा कुरा निस्किएको थियो । कपिलले हात जोड्दै मोदीसँग माफी मागेका थिए । मोदीलाई नै लक्षित गरेर कपिलले ट्विट गर्दा मोदीका कार्यकर्ता उनीमाथि भड्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment