Comments Add Comment

बर्षा भन्छिन्–‘म संजोगकको घरमा वर्किङ भिसामा जान लागेकी होइन’

नायिका वर्षा राउत र नायक संजोग कोइरालाले फागुण २ गते अर्थात् भ्यालेनटाइन डेमा बिबाह गर्दैछन् । लामो समय प्रेम सम्बन्धमा रहेर उनीहरुले बिबाह गर्न लागेका हुन् । बिबाहको मिति नजिकिदै गर्दा उनीहरु बिबाहको तयारीमा पनि जोडतोडले लागिरहेका छन् ।

तर, नायिका वर्षा भने चलचित्रको कामले गर्दा निकै व्यस्त बनिरहेकी छिन् । उनी ‘गोपी’को प्रचार र ‘जात्रै जात्रा’को सुटिङमा व्यस्त भएका कारण बिबाहको तयारीमा खासै जुट्न पाएकी छैनन् । नायिका बर्षाका प्रेमी संजोग कोइराला बर्षाले समय दिन नपाएको बताउँछन् । उनले भने–‘वर्षा चलचित्रको कामले व्यस्त बनिरहेकी छिन् । उसको तर्फबाट पनि मैले गर्न मिल्ने र गर्न सक्ने तयारी गरिरहेको छु ।’

वर्षा र संजोग दुबैले बिबाहको शुभकामना दिने सम्पूर्ण शुभचिन्तकलाई धन्यवाद दिँदै आफ्नो बिबाह सामान्य तरिकाले गर्ने बताए । संजोगले भने–‘हामी नर्मल तरिकाले नै बिबाह गर्नेछौ । तर, बिहेको पार्टीमा भने विशेष गर्ने विचार छ ।’
वर्षाले संजोगसँग गहनाको विषयमा पनि सल्लाह गर्न नपाएको बताइन् । उनले भनिन्–‘ कामले गर्दा यस्तो केही कुरा गर्न पाएको छैन । ‘गोपी’ रिलिजपश्चात् बसेर छलफल गर्नुपर्ला ।’

वर्षा र संजोगलाई बिबाहको खर्चबारे पनि पत्रकारले प्रश्न सोधेका थिए । बिबाहको खर्च कति होला भन्ने प्रश्नमा वर्षाले हास्दै उत्तर दिइन्–‘हाम्रो बिबाहको खर्चले एउटा चलचित्र बन्ला ।’ के एक करोड लाग्छ ? संजोगले थपे, ‘हैन, बिबाह भनेको मनको कार्य हो । यसमा पैसाको हिसाब हुन्न ।’

वर्षालाई बिबाहको विषयलाई लिएर आएका केही प्रतिक्रियाले आफूलाई रिस उठेको बताइन् । ‘संजोगको घरमा वर्किङ भिसामा जान लागेको, अर्काको घरमा गृहणी बन्न लागेको, डिपेन्डेन्ट बनेको जस्ता कुराले धेरै रिस उठ्छ’, वर्षा भन्छिन्–‘म बिबाह गरेर नोकर हुन हैन, म त उहाँहरुको परिवार बन्न जान लागेको हुँ ।’

संजोग पनि वर्षको समर्थन गर्दै बोल्छन–‘कोइराला परिवारले कामलाई धर्म मान्छ र त्यो परिवर्तन हुनेवाला छैन । उसले अहिले गरेको कामलाई कुनै अवरोध हुने छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment