Comments Add Comment

कर्णालीवासीलाई मुख्यमन्त्रीको सुझाव–भैँसी पाल दूध खाऊ, भेडाबाख्रा पाल मासु खाऊ

१६ माघ, काठटमाडाैं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्थानीय उत्पादनको प्रयोग गर्न कर्णालीवासीलाई आग्रह गरेका छन् ।

आवश्यक सबै कुरा कर्णालीमै उत्पादन हुने भन्दै मुख्यमन्त्री शाहीले आफ्नै उत्पादनको प्रयोग गरे परनिर्भर हुनुनपर्ने बताए ।

राष्ट्रिय योजना आयोगले वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली प्रदेश परामर्श बैठकमा बोल्दै मुख्यमन्त्री शाहीले भने, ‘कद्दु (फर्सी) लगाउ, कद्दु खाऊ, दूध खान मन लागे भैंसी पाल । माछामासु खान मन लागे माछा, भेंडाबाख्रा पाल ।’

विदेशबाट आयात गरिने अत्तरदेखि सुनखानीसम्म कर्णालीमा रहेको भन्दै मुख्यमन्त्री शाहीले अघि भने, ‘कपडा पनि कर्णालीमै बन्छ । कर्णालीमै बनेको कपडा प्रयोग गरौं । प्रदेश सरकारले पनि प्रोत्साहन गर्छ ।

विदेशबाट आयात गरेका बस्तु प्रयोग गरेर स्वाभिमानी र राष्ट्रवादी बन्न नसकिने भन्दै मुख्यमन्त्री शाहीले अब सम्भावना भएका बस्तुको उत्पादन गर्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री शाहीले स्थानीय तहलाई सामाजिक विकासमा ध्यानदिन निर्देशनसमेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment