Comments Add Comment

लक्की शेर्पा विदा मागेर नेपाल फर्किइन्

१६ माघ, क्यान्वेरा । मानवतस्करीको गम्भीर आरोप लगाएपछि विवादमा मुछिएकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा नेपाल फर्किएकी छन् ।

विवादपछि सरकारले उनलाई राजीनामा दिन भनेको छ । राजीनामा दिनुअघि बन्दोवस्तीका सामान लिन उनी अष्ट्रेलिया पुगेकी थिइन् ।

तीन सातासम्म राजदूत निवासमा बसेकी उनले  राजदूतको रुपमा काम भने गरिनन् । अनौपचारिक भेटवार्ताहरु भने गरिन् । त्यसक्रममा उनले आफू निर्दोष भएको तर, आफूलाई फसाउन ठूलो गिरोह लागेको दाबी गरेकी थिइन् ।

यो पनि पढ्नुहोस् : राजदूत लक्की शेर्पाः सौभाग्यदेखि दुर्भाग्यसम्म !

फर्किने बेलामा उनले दूतावासका कर्मचारीहरुलाई आफू अब नफर्कने भन्दै विदा मागेकी छिन् ।

नेपाल फर्किएपछि उनले आफूमाथि लागेको आरोपबारे आधिकारिक धारणा सार्वजनिक गर्ने बताइएको छ ।

सवारी चालक वाङ्चु  शेर्पाले ठूलो रकम लिएर आफूलाई अष्ट्रेलिया ल्याएको आरोप लगाएपछि सरकारले २२ मंसिरमा शेर्पालाई काठमाडौं बोलाएर स्पष्टिकरण लिएको थियो । उनले आफूमाथि लागेको आरोप निराधार भएको बताइन् ।

तर, मानव तस्वरीको गम्भीर आरोप लागेको भन्दै सरकारले राजीनामा दिन सुझाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment