Comments Add Comment

प्रदेश २ को राजधानी जनकपुरमै रहन्छ  : कांग्रेस नेता निधि

१६ माघ, गौशाला । नेपाली काङ्ग्रेसका उपसभापति एवं पूर्वगृहमन्त्री विमलेन्द्र निधिले प्रदेश २ को राजधानी जनकपुरमै रहने बताएका छन् । उनले प्रदेश सरकारको भवन जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि) मै रहने पनि दावी गरे ।

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित काङ्ग्रेस पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले जचुकालिको भवन प्रदेश सरकारका लागि उपयुक्त रहेकाले प्रदेश २ को राजधानी जनकपुर नै रहने ठोकुवा गरे ।

नेता निधिले प्रदेश प्रमुखको कार्यालय र आवास, मुख्यमन्त्रीको कार्यालय र आवास, विभिन्न मन्त्रालय र मन्त्रीको आवास, सभा सम्मेलन गर्ने स्थानलगायतका पर्याप्त भौतिक संरचना रहेको जचुकालिको भवनले प्रदेश सरकारको कार्य सञ्चालनमा सहजता हुने बताए । उनले प्रदेश २ को नाम मिथिला भोजपुरा राख्ने र पहिलो भाषा मैथिली तथा दोस्रो भाषा भोजपुरी राख्न सुझाव दिए ।

नेता निधिले प्रदेश २ को राजधानी जनकपुरबाट सार्ने उद्देश्यले नेपाल कम्युनिष्ट पार्टीका केही नेताले जचुकालि पुनः सञ्चालन गर्ने कुरा गरेर जचुकालिको सम्पत्ति भ्रष्टाचार गर्न तथा बेच्ने षड्यन्त्र गर्न लागिपरेको आरोप लगाए । उनले यस्तो गतिविधि काङ्ग्रेसका लागि स्वीकार्य नहुने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment