Comments Add Comment

नयाँ फिल्मका लागि कसले दियो रमितलाई १८ लाख ?

२ बर्ष अगाडि आफैले निर्माण गरेको चलचित्र ‘बुद्ध बर्न इन नेपाल’मा देखिएपछि पर्दामा नदेखिएका नायक रमित ढुंगानाले नयाँ चलचित्रमा काम गर्ने भएका छन् । रमितले नयाँ चलचित्रमा काम गर्नको लागि निकै महंगो पारिश्रमिक लिएका छन् । १८ लाख पारिश्रमिक सहित रमित र निर्माण युनिटबीच सोमबार लिखित सम्झौता भएको छ । १८ लाख पारिश्रमिक लिएको बिषयलाई रमितले पनि पुष्टी गरेका छन् ।

रमितले आफूलाई चलचित्रको कथाबस्तु मन परेकाले अभिनय गर्न लागेको बताए । उनले भने–‘यस चलचित्रमा मेरो क्यारेक्टर आजसम्म गरेको चलचित्र भन्दा निकै भिन्न छ । चलचित्रमा मैले निर्वाह गर्ने भूमिका पनि गज्जब छ । त्यसैले यस चलचित्रको लागि तयार भएँ ।’

रमित आफूलाई यस चलचित्रको क्यारेक्टरमा आउनका लागि धेरै मिहिनेत लाग्ने बताउँछन् । ‘मेरो क्यारेक्टर साइको पाराको पनि छ, एक्सन पनि गर्नुपर्ने छ’, रमितले भने, ‘चलचित्रको केन्द्रिय पात्र नै म भएका कारण धेरै नै मिहिनेत गर्नुपर्ने हुन्छ ।’

रमितले चलचित्रको नाम भने खुलाउन चाहेनन् । ‘चलचित्रको नाम एकदमै राम्रो छ । तर, विकास बोर्डमा चलचित्रको नाम दर्ता नभएका कारण खुलाउन मिल्दैन’, रमितले भने । चलचित्रका लागि रमितको जोडी बन्नका लगि नायिकाको खोजी भइरहेको छ ।

किराती इन्टरटेन्टमेन्टको व्यानरमा निर्माण हुने यस चलचित्रलाई बिचल किराँतीले निर्देशन गर्न लागेका हुन् । चलचित्रमा सरु राईको लगानी रहनेछ ।

 

जब रमितलाई छुन दर्शकले सिनेमा हलको पर्खाल भत्काएका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment