Comments Add Comment

चिकित्सा विधेयकमा संशोधनबारे कांग्रेसमा अन्योल

१७ माघ, काठमाडौं । राष्ट्रियसभामा पुगेको चिकित्सा शिक्षा विधेयकमा छुट्टै संशोधन हाल्ने की राष्ट्रिय जनता पार्टी (राजपा) कै संशोधन प्रस्तावलाई समर्थन गर्ने भन्नेमा कांग्रेसभित्र छलफल चलिरहेको छ । सरकारलाई समर्थन गरेको राजपाका राष्ट्रियसभाका सांसद वृषेशचन्द्र लालले बुधबार संसद सचिवालयमा संशोधन दर्ता गराएका छन् ।

कांग्रेस सांसद बद्रीप्रसाद पाण्डे लालकै संशोधनलाई समर्थन गर्ने की छुट्टै संशोधन हाल्ने भन्ने विषयमा छलफल चलीरहेको बताउँछन् । कार्यव्यवस्था परामर्श समितिको बैठक अगाडि नै एउटा निश्कर्षमा पुगीसक्ने पाण्डेले अनलाइनखबरलाई बताए ।

यो पनि पढ्नुहोस चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट आजै पारित गर्ने तयारी

राजपा सांसद लालले विधेयकको प्रस्तावना, दफा १३, १५ र ४६ मा संशोधन दर्ता गराएका हुन् । लालको संशोधन अनसनरत डा. गोविन्द केसीको मागको धेरै नजिक रहेकोे अधिवक्ता ओमप्रकाश अर्याल बताउँछन् ।

राष्ट्रियसभा बैठकमा विरोध गर्ने की नगर्ने भन्ने विषय पनि टुंगो लगिनसकेको कांग्रेसका अर्का सांसद राधेश्याम अधिकारी बताउँछन् । उनी भन्छन्, ‘सरकार कसरी प्रस्तुत हुन्छ त्यसमा निर्भर गर्दछ ।’

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कांग्रेस सांसदहरूले उठाएका प्रश्नबारे राष्ट्रियसभामा जवाफ दिन सरकारलाई निर्देशन दिएका थिए ।
पूर्व प्रधानमन्त्रीद्वय स्व. गिरिजाप्रसाद कोइराला र स्व. सुशील कोइरालाको नाममा खोलिएका अस्पतालको सन्दर्भमा कांग्रेसले उठाएको माग भने सरकारले पूरा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment