Comments Add Comment

चिकित्सा शिक्षा विधेयकमा कांग्रेसद्वारा संशोधन दर्ता

१७ माघ, काठमाडौं । राष्ट्रियसभामा पुगेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा नेपाली कांग्रेसले दुईवटा संशोधन दर्ता गरेको छ । कांग्रेस सांसद राधेश्याम अधिकारीले बिहीबार संशोधन दर्ता गरेको संसद सचिवालयले जनाएको छ ।

यस्तै कांग्रेसकै सरिता प्रसाईं, प्रकाश पन्थ र बद्रीप्रसाद पाण्डेले विधेयकमा संयुक्त रुपमा छुट्टै संशोधन दर्ता गरेका हुन ।

सरकार समर्थक दल राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद वृषेशचन्द्र लालले बुधबार संसद सचिवालयमा संशोधन दर्ता गराएका छन् । लालले विधेयकको प्रस्तावना, दफा १३, १५ र ४६ मा संशोधन दर्ता गराएका हुन् ।

तीन वटै संशोधनमा एउटा विश्वविद्यालयले पाँच भन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन नपाइने उल्लेख छ ।

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथिल्लो सदनबाट पारित हुने भएको छ । मध्यान्ह दुई बजे बोलाईएको राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजममणि पोखरेलले विधेयक पारितहोस् भन्ने प्रस्ताव पारित गर्ने कार्यक्रम रहेको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोधबीच प्रतिनिधिसभाबाट पारित भएको विधेयक गत सोमबार राष्ट्रियसभामा प्रस्तुत भएको थियो ।

सम्झौता विपरीत विधेयक ल्याइएको विरोधमा डा. गोविन्द केसी २३ दिनदेखि अनसनमा छन् । दुबै संशोधनमा डा. केसीले उठाएका मुद्दालाई सम्बोधन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment