Comments Add Comment

भरतपुर अस्पतालमा बिरामी कुरुवाका लागि छुट्टै भबन

१७, माघ, चितवन । चितवनको भरतपुर अस्पतालमा बिरामी कुरुवाहरुका लागि अलग्गै भबन बन्ने भएको छ ।

शहरी विकास मन्त्रालय अन्र्तगत सघन शहरी तथा भवन निर्माण आयोजना अन्र्तगत शहरी विकास मन्त्रालयको ६ करोड दुई लाखको लागतमा बिरामी कुरुवा घर बन्ने भएको हो ।

घरको शहरी विकासमन्त्री मोहम्मद इश्तियाद राईले एक कार्यक्रमका बीच शिलान्यास गर्ने कार्यक्रम छ ।

दुई वर्षभित्र निर्माण सम्पन्न हुने भवन तीन तलाको हुनेछ । भवन निर्माणको जिम्मा रविना जोशी फूलजोर जेभीले पाएको छ ।

भवनले ३५ मिटर लम्वाई र १८ मिटर चौडाइ भएको जमिन ओगट्ने अस्पतालका इन्जिनियर उपेन्द्र सुवेदीले जानकारी दिए ।

भवनको भूइँ तलामा क्याफेसहितको ओपन स्पेश रहने छ भने पहिलो तलामा २९ वेड र दोस्रो तलामा २४ जना विरामी कुरुवा अट्ने वेड रहनेछन् ।

तेस्रो तलामा करिब एक सय जना सहभागी अट्ने हल निर्माण गरिने इन्जिनियर सुवेदीले अनलाइनखबरलाई जानकारी दिए । बिरामी कुरुवाअस्पताल भवन साँघुरो हुँदा बिरामीका कुरुवाहरू यत्रतत्र अलपत्र हुँदै आएका थिए ।

६ सय शैय्याको अस्पतालमा दैनिक करिब एक हजार बिरामी उपचारका लागि आउने गर्दछन् । ती मध्ये चारसय पचास बिरामी भर्ना भएर बस्ने गरेका छन् ।

अस्पतालको हालको प्राथमिकता अत्याधुनिक आकस्मिक कक्ष निर्माणको रहेपनि बिरामी कुरुवा घरलाई प्राथमिकतामा राखिएको छ ।

अस्पतालको प्रत्येक दश शैय्या बराबर एक शैय्या आकस्मिक कक्ष हुनुपर्नेमा ६ सय वेडको अस्पतालको जम्मा १२ शैय्या मात्रै आकस्मिक कक्ष छ ।

अस्पतालका मेसु डा. कृष्णप्रसाद पौडेलले सुविधासम्पन्न आकस्मिक कक्ष निर्माणका लागि पनि प्रयास भैरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment