Comments Add Comment

‘कृषि वस्तुको उत्पादन लागत घटाऔं, आयात रोकौं’

Photo Credit : फाइल फाेटाे

१७ माघ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कृषि उपजको उत्पादन लागत घटाउन सके मात्रै आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न सकिने बताएका छन् । त्यसका लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

‘आउँदो पाँच वर्षमा आधारभूत खाद्यान्नमा आत्मनिर्भर बन्ने सरकारको नीति छ, यसका लागि सरकार, सहकारी र निजी क्षेत्र मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता छ’, उनले भने ।

काठमाडौंमा भएको कार्यक्रममा मन्त्री खतिवडाले कृषि उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढाई उत्पादन लागत घटाउन कृषि सहकारी संस्थाका अगुवासँग आग्रह गरे ।
कृषिजन्य पदार्थमा पाँच प्रतिशतभन्दा बढी भन्सार कर लगाउन सक्ने अवस्था समेत नरहेको उनले बताए ।

कृषि र पशु बीमाका क्षेत्रमा लघु बीमा कम्पनीलाई आकषिर्त गर्न नसकेको बताउँदै उनले त्यसका लागि बीमा कम्पनीलाई सरकारले सहयोग गर्ने बताए । कृषि उत्पादनको आर्थिक जोखिम घटाउन बीमाले सहयोग पुग्ने अर्थमन्त्री खतिवडाको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment