Comments Add Comment

नयाँ फिल्म गर्न डराए साहरुख, भन्छन्–‘४० दिनमै सकिने फिल्म गर्न चाहन्न’

बलिउडका नायक साहरुख खान चलचित्रमा आफूले गरिरहेको प्रयोगबाट डराएका छन् । उनले अभिनय गरेको पछिल्लो चलचित्र ‘जिरो’ले बक्स अफिसमा सफलता पाउन नसकेपछि अहिले उनी कस्तो चलचित्रमा काम गर्ने भन्ने बिषयमा डराएका छन् । यहीकारणले गर्दा पनि उनले, ‘सारे जहाँ से अच्छे’ नामक चलचित्र छाडेका छन् ।

साहरुख खान आफूले काम गर्ने नयाँ चलचित्रको घोषणा गर्न डराएका छन् । भारतीय मिडियासँग कुराकानी गर्दै साहरुखले आफ्नो डरको बिषयमा बोलेका छन् । साहरुखले भने–‘म फेरि पनि त्यो पुरानो दिनमा उठ्न चाहन्न । जहाँ, ४० दिनमै चलचित्रको छायांकन सक्यो, केही पैसा कमायो, कार किन्यो अनी सकियो ।’

साहरुखले पुरानो शैलीकै कथामा आफू काम गर्न खासै इच्छुक नभएको बताए । तर, उनले विगत केही बर्षदेखि चलचित्रमा प्रयोग गरिरहेका छन्, जुन सफल हुन सकेको छैन । साहरुखका लागि अहिले बक्स अफिस हिट पनि आवश्यक छ । तर, साहरुख पुरानै ढर्राका चलचित्र खेल्दा आफूलाई आनन्द नआउने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment