Comments Add Comment

कर्णालीका मुख्यमन्त्रीको गाडीमा ‘माफिया सरकार मुर्दाबाद’

१७ माघ, काठमाडौं । सरकारको बिरोध गरिरहेको नेपाल विद्यार्थी संघले आन्दोलनको नयाँ शैली अपनाएको छ ।

बिहीबार मात्रै कर्णाली  प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गाडीमा नेविसंघले ‘माफिया सरकार मुर्दाबाद’ लेखेको छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयअन्तर्गत ‘स्कुल आफ ल’ को बीएलएलबी कार्यक्रमको उद्घाटनका क्रममा पार्किङ गरिखाखेको बा२झ ५७९३ नम्बरको गाडीमा नेविसंघले सरकार बिरोधी नारा लेखेको हो ।

सरकारविरुद्ध प्रदर्शन, राँके जुलुससँगै आफूहरुले दवाद दिनका लागि मन्त्री र सरकारी गाडीमा ‘माफिया सरकार मुर्दाबाद’ लेख्न थालेको नेविसंघका केन्द्रीय सदस्य अनिलकुमार शाहीले बताए ।

नेविसंघले चिकित्सा शिक्षा बिधेयक तोडमोड गरेर डा. गोविन्द केसीका मागहरु पूरा नगरेको, निर्मला पन्तका हत्यारा पत्ता नलगाएको लगायतका माग राखेर सरकारको बिरोधमा उत्रिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment