Comments Add Comment

हुण्डाईको इलेक्ट्रिक कार ‘कोना इभी’ नेपाली बजारमा

१७ माघ, काठमाडाैं । हुण्डाईको लागि नेपालको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले नयाँ इलेक्ट्रिक गाडी ‘कोना इभी’ सार्वजनिक गरेको छ ।

पूर्ण इलेक्ट्रिक सवकम्प्याक्ट एसयूभी ‘कोना इभी’ले सय किलोवाट पावर र ३ सय ९५ एनएम टर्क जेनेरेट गर्छ ।

१ सय ५५ किलोमिटर प्रतिघण्टा रफ्तार रहेको यो गाडी सिङ्गल चार्जमा ३ सय किलोमिटर भन्दा धेरै गुड्ने कम्पनीको दावी छ ।सुरक्षको लागि हुण्डाइले विशेष ध्यान दिएको देखिन्छ ।

कम्पनीका अनुसार यसमा इलेक्ट्रो क्रोम्याटिक मिरर, रिजर्भ पार्किङ सेन्सर विथ क्यामरा, इलेक्ट्रिक पार्कङ ब्रेक विथ अटो होल्ड, ६ वटा एयर ब्याग, इमोविलाइजर, रेयर डिफोगर विथ टाइमर, डे टाइम रनिङ लाइट, एण्टी लक ब्रेकिङ सिस्टम, टायर प्रेसर मोनिटरिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्विलिटी कन्ट्रोल लगायतका फिचर्स समावेस छन् ।

यसको एक्टिरियर आकर्षक रहेको कम्पनीले जनाएको छ । यसमा टु टोन बडी कलर, एलइडी पोजिसिनिङ ल्याम्प, एलइडी ल्याम्प (प्रन्ट, रेयर), एलइडी हेडल्याम्प विथ स्ट्टिक बेन्डिङ, रुफ र्याक, रेयर स्पोयलर विथ हाई माउण्ट स्टप ल्याम्प इलेक्ट्रिकल्ली एड्जस्टेवल र फोल्डेवल बाहिरी ऐना, १७ इन्च अलोए ह्विल लगायत फिचर रहेको कम्पनीको भनाइ छ ।

यसमा ७ इन्चको फल्लोटिङ टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, पावर सिट, वायरलेस चार्जर, युएसबी चावर्जर, स्मार्ट फोन कनेक्टीभिटी, अटो लाइट कन्ट्रोल, स्मार्ट कि र पुस् बटन स्टार्ट, हिल असिस्ट कन्ट्रोल लगायतको फिचर्स छन् ।

कम्पनीले यसको मूल्य ५१ लाख ९६ हजार निर्धारण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment