Comments Add Comment

प्रिमियरमा रुचाइयो ‘रणवीर’

आजदेखि देशभरका हलमा रिलिज भएको चलचित्र ‘रणवीर’को प्रिमियर काठमाण्डौको कुमारी हलमा आयोजना गरिएको छ । हलको सिट क्षमता भन्दा बढी अतिथी उपस्थित भएपछि धेरैले चलचित्र हेर्न पाएनन् । चलचित्रको प्रिमियरमा मुख्य कलाकार सुशिल सिटौला, सुवेच्छा खड्का, प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट लगायत आकर्षणको केन्द्रमा रहेका थिए ।

चलचित्र हेर्नका लागि चलचित्रकर्मी, पत्रकारहरुको बाक्लो उपस्थिती हलमा देखियो । गोविन्द सिंह भण्डारीको निर्देशनमा तयार भएको यो चलचित्रलाई प्रिमियरमा रुचाइयो । विशेषगरि, साउथ शैलीको चलचित्रलाई रुचाउने दर्शकका लागि यो चलचित्र विशेष बनेको प्रतिक्रिया चलचित्रकर्मीले दिएका छन् ।

गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मीले मिलेर यो चलचित्र बनाएका हुन् । निर्माता रेग्मीले चलचित्रकर्मी र पत्रकारबाट पाएको प्रतिक्रियाले उत्साहित भएको बताए । चन्द्र पन्तको एक्सनलाई चलचित्रकर्मी र पत्रकारले विशेष रुचाएका छन् । नायक सुशिल सिटौला र खलपात्र प्रशान्त ताम्राकारविचको भिडन्तले दर्शकलाई तानेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment