Comments Add Comment

अप्रिल २ मा बन्द हुँदै गुगल प्लस

इन्टरनेट जाएन्ट गुगलले आफ्नो सोसल नेटवर्किङ्ग प्लाटफर्म गुगल प्लस बन्द गर्ने घोषणा गत वर्ष नै गरेको थियो । सोही घोषणाको कार्यान्वयन गर्ने मिति गुगलले सार्वज्निक गरेको छ ।

गुगल प्लसको सपोर्ट पेज अपडेट गर्दै गुगलले यो जानकारी दिएको हो । गुगलका अनुसार गुगल प्लसको दोस्रो संस्करण अर्थात् कन्जुमर भर्सन टू आगामी अप्रिल २ बाट बन्द हुनेछ ।

झण्डै ५ करोडभन्दा बढी प्रयोगकर्ताका डाटा चोरी भएको खबर सार्वजनिक भएसँगै गुगलले गुगल प्लस बन्द गर्ने घोषणा गरेको थियो । उसो त कम्पनीले अगष्टमा गुगल प्लस बन्द गर्ने निर्णय गरेको थियो । तर सेक्योरिटीका कारण अप्रिलमै यसलाई बन्द गरिँदैछ ।

एक अफिशियल पोष्टमा कम्पनीले भनेको छ, ‘तपाईंले गुगल प्लसमा खोल्नुभएको कुनै पनि पेज अप्रिल २ देखि बन्द हुनेछ । प्रयोगकर्ताको गुगल प्लस अकाउन्टबाट हामी डाटाहरु डिलिट गर्न सुरु गर्नेछौँ । गुगल प्लसका एल्बम आर्काइभबाट पनि तपाईंका फोटो तथा भिडियोका साथै यसका सम्पूर्ण पेज डिलिट गरिनेछ । तपाईंले अप्रिल अघि नै आफ्ना सामाग्रीहरु डाउनलोड गरेर सुरक्षित राख्न सक्नुहुन्छ । तपाईंले गुगल फोटोज एपमा ब्याकअप राखेका फोटो वा भिडियो डिलिट हुने छैनन् ।’

गुगलका अनुसार फेब्रुअरी ४ देखि नै गुगल प्लसमा कुने नयाँ अकाउन्ट खोल्न सकिने छैन । गुगल प्लसको साइन इन बटनलाई गुगल साइन इन बटनले रिप्लेस गरिनेछ ।

सन् २०११ मा लञ्च गरिएको गुगल प्लस सन् २०१५ सम्म आइपुग्दा यसका प्रयोगकर्ताको संख्या ११ करोड नाघेको थियो। सन् २०१५ मा गुगलले यसलाई नयाँ डिजाइनमा प्रस्तुत गरेको थियो । तर पछिल्लो समयमा यसका प्रयोगकर्तामा वृद्धि नहुँदा र दशौँलाख प्रयोगकर्ताका डाटा चोरी हुने घटना भएसँगै गुगलले यो प्लाटफर्म बन्द गर्ने घोषणा गरेको थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment