Comments Add Comment

के अब क्यान्सरको सहज उपचार हुनेछ ?

क्यान्सर, जो चिकित्सा विज्ञानको लागि सबैभन्दा कठिन समस्या हो । अहिलेसम्म जे-जति रोगहरु पैदा भए, ति सबैको उपचार विधि खोजिएको छ । त्यसमाथि नयाँ-नयाँ प्रयोग भएका छन् । र, औषधी एवं उपचार फेला परिसकेका छन् ।

तर, क्यान्सर ?

क्यान्सर अझैपनि उत्तिकै भयावह छ । हुन त क्यान्सरको उपचार नै नभएको होइन । हामीकहाँ पनि यस्ता पात्र भेटिन्छन्, जो क्यान्सरलाई जितेर सामान्य जीवनमा फर्किएका छन् । जस्तो अभिनेत्री मनिषा कोइराला । पाठेघरको क्यान्सरबाट ग्रस्त उनी सफल उपचार पछि अहिले सामान्य दिन विताइरहेकी छिन् । उनी जस्ता पात्र अरु पनि छन्, जसले देखाउँछ क्यान्सरको उपचार नै नभएको होइन ।

तर, क्यान्सर अनेक प्रकार हुन्छन् । साथै यो चरणवद्ध फेलदै जान्छ । धेरैजसो क्यान्सर पहिलो वा दोस्रो चरणमा थाहा भए त्यसको उपचार खोज्न सकिन्छ । क्यान्सरको जटिलता के भने, शरीरमा क्यान्सर फैलिइसकेको त्यसबेला मात्र थाहा हुन्छ जतिबेला यो अन्तिम चरणमा पुगिसकेको हुन्छ । यतिबेला उपचार जटिल, महंगो मात्र असंभव पनि हुन्छ । त्यसैले क्यान्सर लागिसकेपछि हामी त्यसलाई निको नहुने रोग भनेर बुझ्ने गरेका छौं ।

तर, मेडिकल साइन्स अविछिन्न रुपमा क्यान्सरको उपचार र औषधीको खोजमा जुटेको छ । उनीहरुले के कति उपलब्धी हासिल गरे ? त्यसबारे बेलाबखत चर्चा हुनेगर्छ । यसपाली त्यस्तै चर्चा छ ।

हालै इजरायलका वैज्ञानिकले दावी गरेका छन्, अब क्यान्सरको उपचार संभव छ । यसका लागि सन् २०२० सम्म कुर्नुपर्नेछ । अर्थात आगमी केही बर्षभित्र क्यान्सरको कारण मान्छेले अकालमा ज्यान गुमाउने छैन ।

के दावी गरिएको छ भने, यसका लागि अहिले वैज्ञानिकहरु परीक्षणको आखिरी चरणमा छन् । यदि यो परीक्षण सफल भएमा विश्वमा पहिलो पटक यस्तो औषधी बन्ने छ, जसले क्यान्सरलाई पूर्ण रुपमा निको पार्नेछ ।

केही समयअघि यस्तै अर्को खबर पनि आएको थियो । हिन्दी बीबीसी अनलाइनमा प्रकाशित आलेख अनुसार कुखुराको अन्डाबाट पनि क्यान्सरको उपचार खोजिदैछ । विशेष किसिमले विकास गरिएको खुकुराबाट जुन अन्डा पैदा गरिन्छ, त्यसमा रहेको तत्वले क्यान्सरको औषधी बनाइनेछ ।

आखिर क्यान्सर सम्बन्धी आएका यी खबरहरु कति सत्य हुन् ? त्यो त समयले नै देखाउँला । यद्यपी यस किसिमको खबरले समाजमा एक किसिमको उत्साह भने पैदा गर्ने गरेको छ ।

क्यान्सर के हो ?

हामी क्यान्सरसँग डराउँछौं । थर्कमान हुन्छौं । आखिर क्यान्सर के हो ? किन यो यति डरलाग्दो भएको हो ?

क्यान्सर आफैमा जटिल समस्या हो । जब शरीरका कोशिका नष्ट हुन्छ, तब तिब्र रुपले अरु कोशिका विकासित हुन थाल्छ । यसले शरीरको केही भागमा ट्युमर बनाउन थाल्छ । र, त्यही ट्युमर क्यान्सरको रुपमा विकासित हुनसक्छ ।

केही समयअघि भारत, मुम्बईका एक चिकित्सकले दावी गरेका थिए कि, यदि समयमै क्यान्सरबारे थाहा भयो भने ९ दिनमा यसको उपचार गर्न सकिन्छ । मुम्बईका क्यान्सर सर्जन डा. पंकज चतुर्वेदीले भनेका थिए, ‘क्यान्सर सुरुवती क्षणमै पत्ता लागेमा यसको उपचार ९ दिनमा पुरा गर्न सकिनेछ ।’

उनका अनुसार अहिले क्यान्सरको उन्नत प्रविधि विकास भइसकेको छ । यद्यपी मान्छेको मनबाट क्यान्सरको डर भागेको छैन । त्यही कारण मानिसहरु क्यान्सरको परीक्षण गर्न आउँदैनन् । अर्थात क्यान्सरको शंका लागेर पनि मान्छेहरु जाँच गर्नका लागि अस्पताल पुग्दैनन् । यही कारण क्यान्सरले विस्तारै गाँज्दै लैजान्छ । र, उपचार नै असंभव भएपछि मात्र उनीहरु अस्पतालमा पुग्ने गर्छन् ।

जबकी क्यान्सरको शंका लाग्नसाथ अस्पताल जाने र उपचार खोज्ने हो भने, उपचार संभव हुनसक्छ । सहज र सस्तो पनि हुनसक्छ ।

चिकित्सकहरुको अनुसार क्यान्सरको बारेमा समाजमा अनावश्यक भय र भ्रम छ । यस सम्बन्धी जागरुकताको कमी छ । क्यान्सरप्रतिको गलत धारणाले गर्दा मान्छेहरु बायप्सीसम्म गर्दैनन् । यदि क्यान्सर भएन भने पनि बायप्सीले क्यान्सर हुने आशंका बढाइदिन्छ ।

जबकी अहिले क्यान्सर उपचारका लागि उन्नत प्रविधि विकास गरिएको छ । यस्तो अवस्थामा सुरुवाती चरणमा क्यान्सरबारे थाहा भयो भने उपचार गर्न संभव छ ।

पछिल्लो खबर अनुसार इजरायलका वैज्ञानिकले क्यान्सरको औषधी फेला पारेका छन् । भनिन्छ, डब्ड मुटाटो नामको एनोल्यूशन बायोटेक्नोलोजी लिमिटेड कम्पनीसँग जोडिएका वैज्ञानिकले यस औषधीको आविष्कार गरेका हुन् । अबको सन् २०२० सम्म क्यान्सर जस्तो घातक रोगबाट उन्मुक्ती दिलाउनका लागि उनीहरुको आविष्कार सफल हुने अपेक्षा गरिएको छ ।

अध्यक्ष डेन एरिडोले भनेका छन्, ‘हामीले बनाएको यो क्यान्सरको औषधीले पहिलो दिन नै आफ्नो असर देखाउनेछ । यसको न कुनै साइड इफेक्ट छ न औषधी महंगो नै हुनेछ । बजारमा उपलब्ध महंगो उपचारको बदला यो एकदम सस्तो हुनेछ ।’

फोब्र्समा प्रकासित यस खबर अनुसार मुटाटो क्यान्सर-टार्गेटिङ पेप्टीडेस र यूनिक टक्सिनको मिश्रण हो, जसले केवल क्यान्सर सेल्सलाई लक्षित गर्छ । यसले हेल्दी सेल्सलाई कुनै हानी पुर्‍याउने छैन ।

भनिन्छ, मुसामाथि यस औषधीको सफल परीक्षण भइसकेको छ । यसै बर्ष मानिसमाथि पनि यसको परीक्षण हुनेछ । यदि यो परीक्षण सफल भएमा क्यान्सरसँग जुधिरहेका लाखौ रोगीले नयाँ जीवन पाउनेछ ।

इटलीका चिकित्सक टूलिओ सिनोनचिनीका दावी पत्याउने हो भने उनले बेकिङ सोडाकै माध्यामबाट पनि सैयौलाई क्यान्सरको जोखिमबाट मुक्त गराएका छन् । उनी के भन्छन् भने, घरमा खाना बनाउनका लागि प्रयोग गरिने बेकिङ सोडा क्यान्सर हटाउने रामबाण हो ।

उनको अनुसार फंगसले क्यान्सर पैदा गर्छ । प्रतिरक्षा प्रणाली कमजोर बनाउँछ । त्यसपछि पुरा शरीरमा हमला गर्छ । समयका साथसाथै हाम्रो कोशिका कमजोर र शिथिल हुन्छ । अज्ञात कोशिका उत्पादन सुरु हुन्छ । चिकित्सकका अनुसार क्यान्सर एक अल्सर हो, जसमा विकृत कोशिका जमा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment