Comments Add Comment

‘पल्सर बाइकका प्रयोगकर्ता विश्वभर एक करोड’

१८ माघ, काठमाडाैं । विश्वभर पल्सर मोटरसाइकल प्रयोगकर्ताको संख्या १० मिलियन अर्थात १ करोड पुगेको कम्पनीले जनाएको छ ।

नेपालका लागि आधिकारिक वितरक हंसराज एण्ड हुलास चन्द कम्पनीले विश्वका विभिन्न ३० देशहरुमा पल्सर प्रयोगकर्ताको संख्या १० मिलियन पुगेको दाबी गरेको हो । दुई पांग्रे सवारीमा यो सेल्स रेकर्ड बनाउने पहिलो ग्लोबल ब्राण्ड बनेको कम्पनीले जनाएको छ ।

नेपालमा सन् २००२ देखि पल्सर चल्न थालेको हो । आधुनिक डिजाइन र उच्च प्रदर्शन, वितरणमा सहज पहुँच, सेल्स, सर्भिस र स्पेयर पार्टको सहज उपलव्धताले नेपालमा यसको लोकप्रियता बढेको एचएच बजाजको दाबी छ ।

देशभर २ सय ५० भन्दा बढी सेवासहितका स्पेयर सेन्टर संचालनमा रहेको कम्पनीले जनाएको छ । बजाजले सन् २०१८ मा पल्सर एनएस १६० टिडी र पल्सर १५० टिडी बजारमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment