Comments Add Comment

गल्फको एक्सिडेन्टल इन्स्योरेन्स पोलिसी

१८ माघ, काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडले गल्फ लुबि्रकेन्टका रिटेलरहरुका लागि एक्सिडेन्टल इन्स्योरेन्स पोलिसी उपलब्ध गराएको छ । गल्फ दुर्घटना बिमा निति २०७५/७६ अन्तर्गत रिटेलरहरुलाई सो पोलिसी उपलब्ध गराइएको हो ।

कम्पनीसँग गरिएको सम्झौताअनुसार आर्थिक वर्ष २०७५/७६ मा १ केएल देखि ७।५ केएल लुबि्रकेन्ट बिक्री-वितरण गर्ने प्रतिबद्धता जनाएका रिटेलरहरुलाई सो पोलिसी उपलब्ध गराइएको छ ।

गल्फ लुबि्रकेन्टको उत्पादक तथा वितरक नेपाल ल्युबआयल लिमिटेडका मार्केटिङ र ब्रान्ड म्यानेजर प्रद्युम्न न्यौपानेकाअनुसार रिटेलरहरु कम्पनीका ग्राहकमात्र नभई बिजनेस पार्टनर समेत भएकाले कम्पनीले आफ्नो उत्तरदायित्वकै रुपमा एक्सिडेन्टल इन्स्योरेन्स पोलिसी ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment