Comments Add Comment

रोहितले भने–‘सूर्यवंशी’ तामिलको रिमेक होइन’

‘सिम्बा’ निर्देशक रोहित सेठ्ठी अहिले नयाँ चलचित्रको निर्देशनमा जुटेका छन् । उनले निर्देशन गर्ने नयाँ चलचित्रको नाम ‘सुर्यवंशी’ राखिएको छ । चलचित्रको मुख्य भूमिकाको लागि अक्षय कुमार पक्का भएका छन् । यस्तैमा रोहितले ‘सुर्यवंशी’ चलचित्र एक तामिल चलचित्रको रिमेक बनाउन लागेको हल्ला फैलिएको थियो । रोहितलाई ’थेराम अधिगारम वन्द्रु’ नामक तामिल चलचित्रको रिमेक गरी ‘सुर्यवंशी’ निर्देशन गर्न लागेको आरोप लागेको थियो ।

तर, रोहितले यस चलचित्र कुनै रिमेक नभएको बताएका छन् । उनले भारतिय मिडियामा भनेका छन्–‘यो कुनै रिमेक चलचित्र हैन । यस चलचित्रमा हामीले आफ्नै नयाँ कथा प्रस्तुत गर्न लागेका छौं ।’

छायांकनको तयारीमा रहेको यस चलचित्रमा अक्षयको जोडी को भन्ने तय भइसकेको छैन् । यस चलचित्रको नायिकाको लागि कट्रिना कैफदेखि सोनम कपुरसम्मछ कुरा भइरहेको छ । तर, अहिलेसम्म निर्माण युनिटले नायिका पक्का गर्न सकेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment