Comments Add Comment

बेलुनमा झुण्ड्याएर नेविसंघले उडायो सिंहदरबारमा कालो ब्यानर (फोटो फिचर)

Photo Credit : चन्द्र आले /अनलाइनखबर

१८ माघ, काठमाडौं । बिभिन्न माग राखी सरकारको बिरोधमा उत्रिएको नेपाल विद्यार्थी संघले बेलुनमा झुण्ड्याएर सिंहदरबारमा कालो झण्डा उडाएको छ ।

सिंहदरबारको मूल गेटबाट उडाइएको बेलुनमा झुण्ड्याइएको कालो ब्यानरमा ‘निर्मलालाई न्याय दे’, ‘डा. केसीको जीवन रक्षा गर’ र ‘भ्रष्टाचार नियन्त्रण गर’ भन्ने नारा लेखिएको छ ।

माग पूरा गर्न दवाद दिनलाई आफूहरुले बेलुनबाट नारा लेखिएको कालो ब्यानर सिंहदरबारमा उडाएको नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले बताए ।

यसअघि नेविसंघले एयर्पाेटमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउनुका साथै प्रदर्शन, मन्त्री र सरकारी गाडीमा सरकार विरोधी नारा लेख्ने गरेको थियो ।

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment