Comments Add Comment

नेपाल एयरलाइन्सले क्यानबाट पायो जापान उड्ने अनुमति, जापानले अझै दिएन

१९ माघ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सलाई जापान उडानका लागि उडान अनुमति प्रमाण-पत्र -एओसी) दिएको छ । तर, अझै नेपाल एयरलाइन्सलाई जापानले भने उडान अनुमति दिएको छैन ।

नेपाल र जापानबीच हालै हप्तामा १४ वटासम्म उडान गर्ने गरी हवाई सम्झौता भएको छ ।

निगमका सहायक प्रवक्ता नवराज कोइरालाअनुसार निगमको नयाँ ए ३३० वाइड बडी जहाजले काठमाडौं-ओसाका उडानका लागि क्यानबाट एओसी पाएको हो ।

निगमले आठ महीनाअघि विभिन्न मितिमा दुई वाइड बडी जहाज किनेको थियो । हाल पुरानै गन्तव्यमा उडान भर्दै आएका वाइड बडी जहाजबाट जापानसहित अन्य मुलुकका गन्तव्यमा उडान भर्ने निगमको योजना छ ।

नयाँ गन्तव्यमा उडान सञ्चालनका लागि स्वदेश नियामक निकायबाट पनि अनुमति लिनुपर्ने प्रावधानअनुरुप क्यानले निगमलाई एओसी दिएको कोइराला बताउँछन् । नेपालमा उडान अनुमति पाएपछि जापानमा उडान अनुमतिका लागि प्रक्रिया अघि बढाउने बाटो खुला भएको सहायक प्रवक्ता कोइरालाले बताए ।

ओसाका विमानस्थलमा उडान सञ्चालनका लागि निमगले कर्मचारीसमेत खटाइसकेको दावी निगमको छ । निगमले नेपालमा गर्नुपर्ने कागजातको सम्पूर्ण प्रक्रिया पूरा गरिसकेकाले छिट्टै जापानको नियामक निकायसँग उडान अनुमतिका लागि पेश गर्ने निगमको भनाइ छ ।

निगमले आगामी फागुन १५ गतेसम्म जापान उडान शुरु गर्ने तयारी गरेको निगमले जापानबाट अनुमति पाएपछि उडान शुरु गर्न करीब एक महीना लाग्ने जनाएको छ । त्यस्तै, आगामी चैत १५ गतेसम्म चीनमा पनि उडान सञ्चालन गर्ने लक्ष्यासहित निगमले आवश्यक प्रक्रिया अघि बढाएको जानकारी दिएको छ । जापान र चीनका दुवै गन्तव्यमा कर्मचारी व्यवस्थापन भइसकेका छन् ।

निगमले अहिले विभिन्न आठ गन्तव्य भारतको नयाँदिल्ली, बैङ्लोर, मुम्बई, मलेसिया,  बैंकक र कतारमा उडान भर्दै आएको छ । निकट भविष्यमै चीन, दक्षिण कोरिया र साउदी अरबमा सिधा उडान गर्ने योजनाका साथ प्रक्रिया अघि बढाइएको छ । निगमसँग हाल दुई अन्तरार्र््िट्रय वाइड बडी ए-३३० जहाज, दुई न्यारो बडी ए-३२० जहाज र एक बोइङ ७५७ जहाज छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment