Comments Add Comment

यस्तो हुनेछ सामसुङको फोल्डेबल स्मार्टफोन (भिडियोसहित)

दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुङले छिट्टै नै फोल्डेबल स्मार्टफोन ल्याउँदैछ । सामसुङको उक्त पहिलो फोल्डेबल स्क्रिन भएको स्मार्टफोनको नाम ग्यालेक्सी एफ हुने बताइएको छ ।

यद्यपि ग्यालेक्सी एफ सार्वजनिक हुने एकिन मिति त घोषणा भएको छैन तथापि फेब्रुअरी २० मा हुने एक विशेष समारोहका बेला सामसुङले यस स्मार्टफोनका बारेमा केही जानकारी सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । उक्त दिन सामसुङले ग्यालेक्सी एस १० सार्वजनिक गर्नेछ ।

सामसुङको आगामी फोल्डेबल स्मार्टफोनको झलक एउटा भिडियोमा देख्न सकिन्छ । लिक भएको उक्त भिडियो एकजना प्रयोगकर्ताले यु ट्युबमा अपलोड गरेका छन् । यो भिडियो सामसुङको ग्यालेक्सी एफको अफिसियल भिडियो भएको दाबी गरिएको छ ।

भिडियोमा सामसुङका केही अन्य स्मार्टफोन तथा प्रडक्टका अलावा फोल्डेबल स्मार्टफोन पनि प्रष्ट रुपमा देख्न सकिन्छ ।

के के हुनेछन् फोल्डेबल स्मार्टफोनका फिचर्स ?

रिपोर्ट अनुसार सामसुङको फोल्डेबल स्मार्टफोनमा ७.३ इन्चको स्क्रिन हुनेछ । यसलाई फोल्ड गरेर एउटा सानो ट्याबलेटमा बदल्न सकिनेछ । स्क्रिनको एस्पेक्ट रेसियो ४ः२ः३ तथा रिजोलुसन १५३६ गुणा २१५२ पिक्सेल हुनेछ । यसमा ८ जिबी र्याम तथा १२८ जिबी स्टोरेज हुनेछ ।

यो फोनमा एक्जीनोस ९८२० वा क्वालकोम ८५५ प्रोसेसर रहने बताइएको छ । उक्त स्मार्टफोनको मूल्य १८ सय अमेरिकी डलर हुनेछ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment