Comments Add Comment

बार्यन म्युनिखलाई लिभरकुसनको धक्का

काठमाडौं । लगातार सातौं पटक बुन्डेसलिगाको उपाधि जित्ने बार्यन म्युनिखको योजनामा धक्का लागेको छ । शनिबार राति बार्यन लिभरकुसनले ३–१ ले पराजित गरेसँगै बार्यन म्युनिख ७ अंकले पछाडि परेको छ ।

लिग लिडर बोरुसिया डर्टमुन्डको २० खेलबाट ४९ अंक छ भने बार्यनको समान खेलबाट ४२ अंक छ ।

बार्यन लिभरकुसनको घरेलु मैदानमा भएको खेलमा अग्रता भने म्युनिखले लिएको थियो । उसका लागि ४१ औं मिनेटमा लियोन गोरेज्काले गोल गरेका थिए ।

तर, दोस्रो हाफमा बार्यन लिभरकुसलले उत्कृष्ट पुनरागमन गर्‍यो । ५३ औं मिनेटमा बेलीले बराबरी गोल गरे भने ६३ औं मिनेटमा केभिन भोलन्ड र ८७ औं मिनेटमा अलारिओले गोल गरेपछि बार्यन लिभरकुसन ३–१ ले विजयी भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment