Comments Add Comment

के बिहान खाजा खानु वास्तवमै फाइदाजक छ ?

अहिले हामी स्वस्थ्य जीवनशैलीको खोजीमा छौं । यसमा खानपानको अहंम हिस्सा छ । भनिन्छ, खाना स्वस्थ्यवर्द्धक एवं पोषिलो हुनुपर्छ । तर, त्यती मात्र काफी छैन । खाने तालिका र तरिकाले पनि यसको लागि खास भूमिका खेल्छ ।

खाना खाने निश्चित तालिका छ । त्यसैगरी खाना खाने खास तरिका पनि छ । यदि तालिका र तरिका मिलाएर खाइयो भने उक्त खाना शरीरमा राम्ररी पच्छ । शरीरले त्यसबाट पोषक तत्व ग्रहण गर्छ ।

कुरा गरौं, खाना खाने तालिकाको । खाना खाने तालिकाको कुरा गर्दा यहाँ एक जापानी भनाई सान्दर्भिक हुनसक्छ । भनाई यस्तो छ, ‘बिहानको खाना आफु खानु, दिउसोको खाना साथीसँग बाढेर खानु र रातीको खाना सत्रुलाई दिनु ।’

यो भनाईले हाम्रो स्वास्थ्य खानपान तालिकाबारे बताउँछ । हाम्रा पूर्खाहरुले पनि खानपान सम्बन्धी यस्तै तालिका निर्धारण गरेका थिए । उनीहरु भन्थे, विहानको नास्ता भरपेट खानु । दिउसोको खाना आधा पेट खानु । रातीको खाना एकदमै कम खानु । अझ सूर्योअस्तपछि त खाना नै नखानु ।

यावत् भनाई र बुझाईले भन्छ, विहानको नास्ता शरीरका लागि सर्वोत्तम हुन्छ । बिहान नास्ता अर्थात ब्रेकफास्ट, जसलाई हामी स्वस्थ्य दिनचर्याको सुरुवात मान्छौं । भरपेट ब्रेकफास्टको आवश्यक्ता र महत्वबारे हामीले धेरै पटक सुन्यौं । यदि स्वस्थ्य, तन्दुरुस्त रहने हो भने ब्रेकफास्ट गर्नैपर्छ भन्यौ । तर, के हामीले सुनेजस्तै ब्रेकफास्ट स्वास्थ्य दिनचर्याको लागि अनिवार्य खुराक हो त ? ब्रेकफास्ट गर्दा शरीरमा त्यसको कस्तो असर रहन्छ ?

बीबीसी हिन्दी अनलाइनमा प्रकासित लेखको भावनुवाद यहाँ प्रस्तुत गरिएको छ ।

नास्ता गर्नु एकदमै जरुरी हुन्छ । तर, यसले तपाईंको तौल नियन्त्रणमा कुनै सहयोगी भूमिका खेल्नेछैन । एक रिसर्चमा यही कुरा पुष्टि भएको छ ।

जब तपाईं नास्ता गर्नुहुन्छ भने हरेक दिन २ सय ६० भन्दा बढी क्यालोरी लिनुहुनेछ । जो व्यक्ति नास्ता गर्दैनन्, त्यसको तुलनामा नास्ता गर्नेको तौल आधा किलो बढ्छ । विशेषज्ञहरुले भनेका छन्, नास्ता क्याल्शियम र फाइबरको राम्रो स्रोत हो । नास्ता गर्दा एकाग्रता र ध्यान केन्दि्रत गर्ने क्षमता बढ्छ । खासगरी बच्चालाई यसबाट बढी फाइदा हुन्छ ।

ब्रेकफास्टले तपाईंलाई उर्जा र जरुरी पोषक तत्व प्राप्त हुन्छ । साथै तपाईंलाई पटक-पटक खानुपर्ने आवश्यक्ता हुँदैन । थुप्रै अध्ययनले देखाएको छ कि, बिहानको नास्ताले हामीलाई स्वस्थ्य एवं निरोगी बनाउन भूमिका खेलिरहेको हुन्छ ।

तर, पछिल्लो अध्ययनले के देखाएको छ भने यदि तौल नियन्त्रण गर्ने उपायको खोजीमा लागिरहनुभएको छ भने बिहानको नास्ता तपाईंको लागि बाधक बन्न सक्छ । अर्थात बिहानको नास्ताले तौल नियन्त्रणमा सहयोग गर्दैन । त्यसैले तौल नियन्त्रण गर्ने हो भने बिहानको नास्ता छाड्नु उपयुक्त हुन्छ ।

अष्ट्रेलियाको यस नयाँ अध्ययनमा नास्ता र तौल परिवर्तनबारे १३ पटक अलग अलग परीक्षण गरिएको थियो । मोनाश विश्वविद्यालयको यस अध्ययनको नतिजाले के देखाउँछ भने नास्ता छाड्नु फाइदाजनक हुन्छ । यदि नास्ता नछाड्ने हो भने दिनभरमा लिने कुल क्यालोरीको मात्रा घटाउनुपर्छ ।

अध्ययनले देखाएको छ, ब्रेकफास्ट छाड्ने व्यक्ति कम क्यालोरी लिन्छन् । यसमा अर्को दावी के गरिएको छ भने, जो व्यक्ति नास्ता गर्दैनन् उनीहरुलाई मध्यन्ह पनि कम भोक लाग्छ । तर, वयस्कले तौल नियन्त्रणका लागि नास्ता छाड्ने हो भने सावधानी अपनाउनुपर्ने हुन्छ । किनभने यसको उल्टो असर पर्न सक्छ ।

स्वास्थ्यवर्द्धक नास्ता के हो ?

नास्ताको कुरा त गर्छौं, तर कस्तो नास्ता ? बिहान के कस्ता खानेकुरा सामेल गरियो भने राम्रो हुन्छ ?

इनर्जीका लागि तपाईं गहुँको परिकार खान सक्नुहुनेछ । साथै उसिनेको सिमी पनि उपयोगी हुन्छ ।

प्रोटिनका लागि टोस्टमा पालक, अन्डा, फल साथै ड्राइ प|mुट्स खान सकिन्छ । हल्काफुल्का खानाको् रुपमा फल, केरा, पालक जस्ता खानेकुरा उपयोगी हुन्छ ।

क्याल्सियम र फाइबर

डाइटिशियन र किग्स कलेज लन्डनका न्युटि्रशन साइन्स डिपार्टमेन्टका प्रमुख प्रोफेसर केविन वेलन भन्छन् कि हामीले बिहान धेरै क्यालोरी लिनु हुँदैन । उनी बिहानको नास्तामा अन्न र दुध लिनुपर्ने बताउँछ । यसबाट शरीरलाई आवश्यक पोषक तत्व अर्थात क्याल्सियम र फाइबर मिल्ने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment