Comments Add Comment

सरकारविरुद्ध उत्रियो कांग्रेस, आज देशभर प्रदर्शन

२१ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ । महँगी, भ्रष्टाचार र सरकारका कतिपय निर्णयको विरोधमा कांग्रेसले देशव्यापी प्रदर्शन गर्न लागेको हो ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महंगी, भ्रष्टाचार तथा सरकारका अनेक जनविरोधी निर्णयविरुद्ध कांग्रेसले सोमबार देशव्यापी प्रदर्शन गर्न लागेको जानकारी दिए ।

प्रदर्शन ७७ वटै जिल्लास्थित सदरमुकाममा गर्न लागिएको कांग्रेसले जनाएको छ । प्रदर्शनलाई प्रभावकारी बनाउन केन्द्रीय सदस्यहरुलाई जिल्ला खटाएको कांग्रेसले आम कार्यकर्ता तथा समर्थकहरुलाई यसमा सहभागी हुन आग्रह गरेको छ ।

काठमाडौंको हकमा भने भने दिउँसो एक बजेदेखि प्रदर्शन सुरु गर्ने नेपाली कांग्रेसले जनाएको छ । बिभिन्न स्थानबाट निकालिने र्‍याली शान्तिवाटीकामा पुगेर विरोध सभामा परिणत हुने नेपाली कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँले जानकारी दिए । उनका अनुसार विरोध सभालाई काठमाडौंमा उपलब्ध बिभिन्न नेताहरुले सम्बोधन गर्नेछन् ।

चिकित्सा शिक्षा विधेयकमा आफ्ना सरोकारहरु नसमेटिएको भन्दै कांग्रेस रुष्ट बनेको छ । त्यस्तै, वाइडबडी खरिदमा भएको घोटालाको निष्पक्ष छानबिनलाई पनि कांग्रेसले आफ्नो प्रमुख एजेन्डा बनाउँदै आइरहेको छ । बूढीगण्डकी बहुउद्देश्यीय परियोजना विनाप्रतिस्पर्धा चिनियाँ कम्पनीलाई दिने सरकारी निर्णय एवम् भेनेजुयला प्रकरणमा सरकार र सरकारको नेतृत्वकर्ता दल नेकपाले अमेरिकाको विरोध गरेको विषयबाट पनि कांग्रेस बेखुस बन्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment