Comments Add Comment

भारतीय गुट्खा बेच्नेमाथि पाकिस्तानी अदालतको अनौठो सजाय

भारत र पाकिस्तानबीच राजनीतिक तथा जनस्तरमा समेत सौहार्द सम्बन्ध छैन । अझ पाकिस्तानमा प्रतिबन्ध लगाइएको कुनै भारतीय वस्तु पाकिस्तानमा कसैले बिक्रि गरेमा त्यसको हालत के होला ?

हालै पाकिस्तानमा अवैध रुपमा भारतीय गुटखा बेच्ने एकजना पसलेलाई पाकिस्तानको अदालतले अनौठो सजाय सुनाएको छ ।

समाचार अनुसार भारतीय प्रतिबन्धित गुट्खा बेच्दै गरेको बेला एकजना पसलेलाई पुलिसले पक्राउ गर्यो । त्यसपछि उसलाई मुद्दा चलाएर अदालतमा पेश गरियो ।
देवानी अदालतले गुटखा बेच्ने ती पसलेमाथि अनौठो सजायको फैसला गरेको छ ।

पाकिस्तानी पत्रिका डनका अनुसार थारपाकर जिल्ला प्रतिबन्धित भारतीय गुट्खा बेचिरहेको अवस्थामा पक्राउ परेका गोविन्द महाराज नामका ती पसलेलाई देवानी अदालतले चार महिनासम्म स्थानीय एउटा मन्दिरको सरसफाइ गर्ने आदेश दिएको छ । साथै उनलाई २ हजार पाकिस्तानी मुद्रा जरिवाना पनि गरिएको छ । अभियुक्तले चार महिनासम्म मन्दिरको सरसफाइ गरेपछि त्यसको रिपोर्ट अदालतमा पेश गर्न समेत न्यायाधीशले सरकारले अधिकारीलाई आदेश दिएका छन् ।

स्मरणरहोस् अभियुक्तलाई अनौठो सजाय दिने पाकिस्तानी अदालतहरुको चलन यो पहिलो होइन । सन् २०१७ मा लागु औषध बिक्रि गर्ने अभियोगमा दोषी ठहर भएका एक व्यक्तिलाई अदालतले एक वर्षसम्म मस्जिदमा झाडू लगाउनेर दिनमा पाँच पटक नमाज पढ्ने आदेश दिएको थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment