Comments Add Comment

हलमा ‘झिंगा धपाउँदै’ संचालक, सुरु भयो दर्शक हराएको चर्चा

नेपाली चलचित्रको व्यापार यति दयनिय बनेको छ कि, हल संचालक र वितरकहरु अहिले हलमा मान्छे नभएर झिंगा धपाउँदै बस्नु परेको बोल्न थालेका छन् । सामाजिक संजालमा अहिले नेपाली चलचित्रका दर्शक कता गए भन्ने चर्चा सुरु हुन थालेको छ । जाडो महिना भएकाले दर्शक नआएका हुन् भनेर सन्तोष मनाउने ठाउँ पनि छैन । किनकी, यो बर्ष रिलिज भएका ६ दर्जन भन्दा बढी चलचित्रको व्यापारिक रिपोर्ट हेर्ने हो भने बर्षमा किन सय बढी चलचित्र बनेका छन् भनेर सहजै प्रश्न सोध्न सकिन्छ ?

आखिर दर्शक किन हराए ? चलचित्र वितरक तथा हल संचालक गोपाल कायस्थले फेसबुकमा स्टाटस लेखेका छन्–‘हलमा मान्छे नभएर झिंगा धपाएर बस्नु परेको अवस्था ।’ उनले अब फागूण १७ मा चल्ने चलचित्र ‘क्याप्टेन’मा दर्शक आउने पूर्ण विश्वास समेत गरेका छन् ।

यता, निर्माता तथा कलाकार दिपकराज गिरीले सामाजिक संजालमा स्टाटस लेख्दै ‘दर्शक हराएको सूचना’ नै जारी गरे । चलचित्र ‘छक्का पन्जा ३’ यो बर्षको १० महिने अवधीमा ब्लकबस्टर व्यापार गर्ने एक मात्र चलचित्र हो ।

यी बाहेक यो बर्ष रिलिज भएका ‘नाई नभन्नु ल ५ र जय भोले’ले लगानी उठाएर निर्मातालाई केही रकम नाफा दिएका छन् । ‘प्रसाद र इन्टु मिन्टु लण्डनमा, रामकहानी’को व्यापार औषत छ । अरु चलचित्रले त निर्मातलाई थोरै वा धेरै रुपमा डुबाएका नै छन् ।

फागूण र चैत्रमा चल्ने एकाध चलचित्रबाट आशा गर्ने ठाउँ देखिएको छ । यस्तो भएको खण्डमा, यो बर्ष आधा दर्जन चलचित्रले मात्र लगानी उठाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment