Comments Add Comment

नेपालले घरेलु मैदानमा कहिले खेल्छ एकदिवसीय सिरिज ?

त्रिवि क्रिकेट मैदानको निरीक्षण गर्न आईसीसीका प्रतिनिधि सोमबार आउने

२१ माघ, काठमाडौं । यूएई भ्रमणमा ऐतिहासिक सफलता पाएसँगै नेपालले घरेलु दर्शकमाझ कहिले एकदिवसीय क्रिकेट सिरिज खेल्ला भन्ने सबैको चासो छ ।

खेलाडीहरु पनि घरेलु दर्शकमाझ खेल्न आतुर छन् । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) पनि नेपालले एकदिवसीय सिरिज खेलाउन इच्छुक देखिएको छ ।

तर, खेल मैदान÷रंगशालाकै अभाव छ । अहिलेसम्म नेपालमा भएका अन्तराष्ट्रिय खेलहरु त्रिवि क्रिेकट मैदानमै खेलाइएको थियो । एकदिवसीय खेलका लागि पर्याप्त छैन ।

त्रिवि क्रिकेट मैदानको निरीक्षण गर्न आईसीसीका प्रतिनिधि सोमबार नै काठमाडौं आउँछन् । आईसीसीका नेपाल प्रतिनिधि भावना घिमिरेले अनलाइनखबरसँग भनिन्, ‘यहाँले मैदानको निरीक्षण गरेपछि के के सुधार गर्नुपर्छ थाहा होला ।’

त्रिवि क्रिकेट मैदानको पिच निकै पुरानो भइसकेको छ । एकदिवसीय खेलका लागि पिच नै पुनर्निर्माण गर्नुपर्ने हुनसक्छ । ३० यार्ड र आउट फिल्ड पनि राम्रो छैन । प्लेयर बक्स त छ तर, पर्याप्त पूर्वाधारहरु बनाइएको छैन ।

क्यानका पूर्वप्रमुख कार्यसञ्चालन अधिकत छुम्बी लामा भन्छन्, ‘आउट फिल्ड निकै कडा छ । रिप्लान्ट गरेर त्यसलाई नरम बनाउनुपर्छ जस्तो देखिएको छ ।’ लामा तीनै हुन्, जसले छोटो समयमा पोखरा मैदानलाई लोभलाग्दो बनाएर पोखरा प्रिमियर लिग (पीपीएल) को सफल आयोजना गरेका थिए ।

उनकाअनुसार मैदानमा अस्थायी रुपमा गर्नुपर्ने कामहरु पनि छन् । तर, मुख्य त पिच पुनर्निर्माण र आउट फिल्डमा रिप्लान्ट गर्न निकै मेहनत गर्नुपर्ने हुन्छ ।

यसका लागि २०/३० लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ ।

आईसीसीका नेपाल प्रतिनिधि भावनाकाअनुसार भोलि मैदान निरीक्षणपछि आईसीसीले नेपालमा प्रतियोगिता गर्ने भएमा उसले नै तत्काल ममर्तको काम गर्नसक्छ ।

कहिले होला नेपालमा सिरिज ?

२३ वर्षदेखि क्रिकेट खेलिरहेको नेपालले गत चैतमा एकदिवसीय राष्ट्रको मान्यता पाएको थियो । साउनमा नेदरल्याण्ड्सँग उसको घरेलु मैदानमा दुई म्याच एकदिवसीय सिरिज खेल्यो । त्यसपछि अहिले यूएईसँग तीन म्याचको सिरिज खेल्यो ।

लगातार दुई टुरपछि नेपाललाई होम सिरिज दिनुपर्ने दबाव आईसीसीलाई पनि छ ।

नेपाल आउने निरीक्षकले यही महिना बस्ने आईसीसीको बैठकमा त्रिवि क्रिकेट मैदानबारे रिपोर्ट बुझाउनेछन् । त्रिवि क्रिकेट मैदानले छिट्टै तयार हुने अवस्था भएमा सन् २०१९ को मध्यतिरै पनि नेपालमा सिरिज हुनसक्ने बताइएको छ ।

स्कटल्याण्ड, आयरल्याण्डलगायतका एकदिवसीय मान्यता प्राप्त देश नेपालमा आएर खेल्न आतुर छन् । उनीहरुले यसअघि पनि इच्छा देखाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment