Comments Add Comment

‘प्रेमदिवस’ गीतले पर्यटन प्रवद्र्धनमा कती सहयोग गर्यो ?

भारतमा अब लोकसभाको निर्वाचन हुँदैछ । लोक सभाको निर्वाचनमा बलिउडका चलचित्रलाई प्रयोग गर्न थालिएको छ । ‘उरी, द एक्सिडेन्टल प्राइमिनिष्टर’ देखि हाल छायांकन भैरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक चलचित्र निर्वाचन केन्द्रित रहेको प्रष्ट छ । चलचित्रको कनेक्शन राजनीतिदेखि पर्यटन प्रवद्र्धनमा पनि रहन्छ भन्ने उदाहरण बलिउडमा हेर्दा पनि वुझ्न सकिन्छ ।

नेपालमा पनि चलचित्रले राजनीतिक, सामाजिक, आर्थिकदेखि देशकै पर्यटकिय गन्तव्यको विकासमा ठूलो टेवा पुर्याएको छ । नेपालका मनाङ, मुस्ताङ होस् या रारा, यी ठाउँ आज सर्वाधिक लोकप्रिय पर्यटयिक गन्तव्य बनेका छन् । यसको पछाडि नेपाली चलचित्रका निर्माताको लगानी र छायांकारको छायांकन नै प्रमुख कारक हो ।

करिब २ साता अगाडि सार्वजनिक गरिएको चलचित्र ‘प्रेमदिवस’को ‘तिम्रै छेउ सरु कि म’ बोलको गीतलाई पनि पर्यटन प्रवद्र्धन गर्न सक्ने शक्तिशाली हतियारको रुपमा हेरियो । चलचित्रको नारा नै थियो, ‘पर्यटन प्रवद्र्धनका लागि सिनेमा’ ।
निर्देशक योगेश घिमिरे भन्छन्–‘मैले चलचित्र ‘राधा’देखि नै पर्यटयिक गन्तव्य बन्न सक्ने तर नजरमा नपरेका स्थानलाई महत्व दिदै आएको छु । ‘राधा’ चलचित्रमा खिचिएको श्री अन्तु डाँडामा अहिले रिसोर्ट बुक गर्न पहिले नै फोन गर्नुपर्छ ।’

उनका अनुसार, चलचित्र ‘राधा’कै कारणले यस्तो कायलपटक भएको स्थानिय व्यापारी पनि बताउँदै आएका छन् । योगेश अहिले चलचित्र ‘प्रेम दिवस’ रिलिजको तयारीमा छन्, जुन आउँदो बर्षको जेठ ३ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रको गीतमा नायिका प्रियंका कार्कीलाई रमणिय स्थानमा नचाइएको छ, जुन नेपाली चलचित्रका लागि ‘भर्जिन लोकेशन’ हो ।

सन्तपुर गाउँपालिकाका रमणिय लोकेशन चलचित्रमा समावेश गरेसँगै पर्यटकको आगमन बढेको योगेशको भनाई छ । उनले भने–‘मलाई कतिपयले युटुबमा गीतको भ्यूज राम्रो भएन नी भनेर सोध्नुहुन्छ । तर, मलाई यो गीतले पर्यटन प्रवद्र्धनमा पारेको महत्वपूर्ण योगदानले खुशी बनाएको छ ।’

सन्तपुर गाउँपालिकालाई संघिय सरकारले पर्यटकिय स्थलको रुपमा घोषणा पनि गरेको छ । नेपाली चलचित्रले प्रत्यक्ष रुपमा नै पर्यटक प्रवद्र्धनमा योगदान गर्दै आएका छन् । सन्तपुर गाउँपालिकामा बढ्न थालेको पर्यटकको आगमनलाई ‘प्रेमदिवस’ चलचित्रको गीतको प्रभावको रुपमा लिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment