Comments Add Comment

नयाँ स्कोडा अक्टाभिया नेपाली बजारमा

२१ माघ, काठमाडाैं । नेपालका लागि स्कोडा कारको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले औपचारिक रुपमा नयाँ स्कोडा अक्टाभियाको बिक्री सुरु गरेको छ ।

स्कोडा अक्टाभिया ‘एम्बिसन’, ‘स्टाइल’ र ‘एल एन्ड के’ गरी तीन ट्रिम र आठ फरक इन्जिन अप्सन तथा ट्रान्समिसनमा उपलब्ध छ ।

नयाँ स्कोडा अक्टाभियाको पेट्रोल भेरियन्टमा ७ स्पिड डीएसजी गियरबक्स रहेको १.८ लिटरको टीएसआई इन्जिन रहेको छ जसले अधिकतम १८० बीएचपी शक्ति उत्पन्न गर्छ ।

त्यसैगरी, पेट्रोल भेरियन्टकै ६ स्पिड डीएसजी गियरबक्सजडित १.४ लिटरको टीएसआई इन्जिनले अधिकतम १५० बीएचपी शक्ति उत्पन्न गर्छ ।

साथै, २.० लिटरको डिजेल इन्जिनले अधिकतम १४३ बीएचपी उर्जा उत्पन्न गर्छ । टप स्पेक भर्सनको अक्टाभिया ‘एल एन्ड के’मा ८ ओटा एयरब्याग छन् भने ‘स्टाइल’ र ‘एम्बिसन’ भर्सनमा क्रमसः ६ र चार एयरब्याग छन् ।

अक्टाभियाको सबै ट्रिममा एबीए (एन्टि लक ब्रेक), इबीडी (इलेक्ट्रोनिक ब्रेक डिस्ट्रिब्यसन) र ट्रयाक्सन कन्ट्रोल जस्ता विशेषता उपलब्ध छन् ।

पेट्रोल पावर्ड बेस अप्सन अक्टाभिया ‘एम्बिसन’को मूल्य ७१ लाख रुपैयाँ तोकिएको छ भने टप मोडेल ‘एल एन्ड के’ भेरियन्टको मूल्य एक करोड २ लाख रहेको छ ।

त्यसैगरी, डिजेल पावर्ड अक्टाभिया ‘एम्बिसन’को मूल्य ९१ लाख रुपैयाँबाट सुरु भएर ‘एल एन्ड के’ भेरियन्टको एक करोड ११ लाख रुपैयाँ रहेको छ ।

न्यु स्कोडा अक्टाभियाको स्वरुपमा सिग्नेचर बटरफ्लाई ग्रिलको डिजाइन लगायत अन्य ठोस सुधार गरिएको छ । नयाँ अक्टाभिया हालसम्मकै स्टाइलिस अक्टाभिया हो । नयाँ अक्टाभियामा अघिल्लोमा भन्दा फरक स्प्लिट हेडल्याम्प राखिएको छ जसलाई ‘क्वाड्रा एलइडी हेडलाइट्’ भनिन्छ ।

साथै, यसमा एलइडी ‘डेटाइम रनिङ लाइट’ र बम्परमा फग ल्याम्प राखिएको छ । टेलमा पनि नयाँ एइडी लाइटिङ जडान गरिएको छ । नयाँ स्कोडा अक्टाभियामा नयाँ एलोइ ह्विल समेत रहेको छ ।

नयाँ कारमा आठ इन्च ठूलो रंगीन इन्फोटेन्मेन्ट टचस्क्रिन जडान गरिएको छ जसलाई एपर कारप्ले वा एन्ड्रोइड अटो र मिरर लिंकमार्फत मोबाइल फोनसँग कनेक्ट गर्न सकिन्छ ।

टचस्क्रिनको टच सेग्मेन्टमै सबैभन्दा ‘स्मुथेस्ट’ रहेको छ । अक्टाभियामा पार्क असिस्टको सुविधा समेत छ जसले पार्किङलाई सहज र आरामदायी बनाउँछ ।

स्कोडा अक्टाभियामा नयाँ थ्रि स्पोक स्टेरिङ रहेको छ । पछाडिको स्पेस सेग्मेन्टमै ठूलो छ जसले तीन जना पेसेन्जरलाई पर्याप्त सिटिङ र लेगस्पेस उपलब्ध गराउँछ ।

हाल नेपालमा आएको अक्टाभिया चौथो पुस्ताको हो । यसको पहिलो पुस्ता स्कोडा लाउरा थियो जुन नेपाली सेडानप्रेमीमाझ निकै लोकप्रिय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment