Comments Add Comment

अनाथ बालिकाहरुलाई प्रवासीको सहयोग

२१ माघ, काठमाडौं । उदयपुरको चौदण्डी नगरपालिका स्थित झोडापाटामा रहेका २ अनाथ जुम्ल्याहा वालिकाहरुलाई जापान निवासी कृष्ण कार्कीले लालनपालनको जिम्मा लिने भएका छन् ।

बावुआमाको पहिचान नभएका स्थानीय ४ वर्षीया जुम्ल्याहा वालिकाद्वय सृष्टि र समृद्धिलाई ओखलढुंगा स्थायी घर भइ जापान बसोबास गर्ने कृष्ण कार्कीले लालनपालनको जिम्मा लिने भएका हुन् ।

दुबै बालिकाहरुलाई नर्सरीदेखि १२ कक्षासम्म पढ्न लाग्ने सम्पूर्ण खर्च जापान निवासी कार्कीले बेहोर्ने प्रतिवद्धता व्यक्त गरेको चौदण्डीगढी नगरपालिका-४ का वडाध्यक्ष कमलध्वज राईले बताए ।

वडाध्यक्ष राईका अनुसार नर्सरीदेखि १२ कक्षासम्म पढाउदा लाग्ने सम्पूर्ण खर्च एकमुष्ट वा महिनै पिच्छे जसरी भने पनि सहयोग गर्ने कार्कीले बचन दिएका छन् । कार्कीले यसअघि मोरङको रतुमाई नगरपालिकामा वडा नम्बर, ३ का १० घर बाढीपीडितहरुलाई घर बनाइदिएका थिए ।

सृष्टि र समृद्धि झोडापाटाकै कल्पना खत्रीको संरक्षणमा रहेका छन् । ४ वर्ष अघि पहाड जाने क्रममा बाटामा भेटेर ल्याएर आफूले सृष्टि र समृद्धिलाई हुर्काएको कल्पना बताउछिन् ।

कल्पनाका दुई जुम्ल्याहा छोरा र एक छोरी समेत छन् । आफ्ना तिन र दुई अनाथ बालवालिकासमेत गरेर ५ जनालाई पालनपोषण गर्न समस्या भएको भन्दै उनले स्थानीय अगुवाहरुसँग सहयोगका लागि अपिल गरेकी थिइन् । स्थानीय रमिला बस्नेले सामाजिक सञ्जालमार्फत ति बालिकाहरुलाई सहयोगका लागि अपिल गरेपछि प्रवासीहरुले नगद सहयोग समेत गरेका छन् ।

बस्नेतको अगुवाईमा संकलन भएको ७५ हजार रुपैयाँ कल्पनालाई हस्तान्तरण समेत गरिएको छ । कृर्तिमानी युवा संघ, उदयपुरले गत शनिबार आयोजना गरेको एक कार्यक्रममा बिच संकलित ७५ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो ।

विभिन्न देशमा रहेका हरी क्षेत्री, जयबहादुर ठगुन्ना, राधेश्याम रायमाझी र रमेश बस्नेतले उक्त रकम पठाएको संघका अध्यक्ष चित्रकुमार कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment