Comments Add Comment

‘मलाई किन जन्माएको ?’ भन्दै आफ्नै बावु–आमाविरुद्ध मुद्दा

दुनियाँमा धेरै मानिसहरु आफ्नो जीवनलाई लिएर खिन्न छन् । कतिपय त यतिधेरै उदास छन् कि यो धर्तीमा किन जन्मिएको हुँला भनेर धिक्कार्छन् पनि ।

तर यो दुनियाँमा यस्ता केही मानिसहरु पनि छन् जसले आफू जन्मिएकोमा आफैंलाई धिक्कारेर मात्र बस्दैनन् जन्माउने बावु–आमालाई नै मुद्दा हाल्छन् ।

‘म मेरा बुवाआमालाई निकै माया गर्दछु । उनीहरुसँग मेरो निकै राम्रो सम्बन्ध छ । तर उनीहरुले आफ्नो स्वार्थका लागि मलाई जन्माएका हुन् ।’ यस्तो आरोप लगाउँदै आफ्ना बुवाआमालाई नै मुद्दा हाल्ने तयारी गरेका व्यक्तिको नाम राफेल सामुअल हो । आफ्नो अनुमतिविना नै बावुआमाले आफूलाई जन्माएकोमा उनी रुष्ट छन् ।

भारतको मुम्बइमा बस्ने २७ वर्षीय राफेलका अनुसार उनको जीवनयापन राम्रैसँग चलिरहेको छ । तर बच्चा जन्माउनु भनेको अपहरण र दासता हो भन्ने उनलाई लागेको छ । मैले बुझ्न सकेको छैन कि म एक अर्को जिन्दगीलाई स्कुल, करिअर आदिको झमेलामा किन फसाउँ, उनी भन्छन् ।

राफेल एन्टी नटालिज्मका समर्थक हुन् । उक्त दर्शन मान्नेहरु जन्मको विरुद्धमा हुन्छन् । यस सिद्धान्त अनुसार बच्चा जन्माउनुको अर्थ कसैको इच्छा विपरीत उसमाथि जिन्दगी थोपर्नु हो । राफेलका अनुसार मानिसमा बच्चा नजन्माउने र आफ्ना बाउआमासँग आफूलाई किन जन्माएको ? भनेर सोध्ने अधिकार हुनुपर्दछ ।

यस विषयमा एउटा आन्दोलन पनि छ । जसले बच्चा नजन्माइकन बाँच्नका लागि प्रेरित गर्दछ । सो आन्दोलनको नाम भोलुन्टरी ह्युमन एक्सटींगसन मुभमेन्ट हो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment