Comments Add Comment

रेवतीसँग आशिषलाई कुनै गुनासो छैन

शुक्रबार अर्थात् माघ २५ गतेबाट रिलिज हुने चलचित्र ‘समर लभ’को नयाँ गीत सार्वजनिक भएको छ । सोमबार युटुबमार्फत् सार्वजनिक गरिएको ‘गुनासो छैन’ बोलको गीतमा पुष्पन प्रधानको शब्द तथा संगीत छ ।

गीतमा रिकेश गुरुङको स्वर सुन्न सकिन्छ । लिरिकल भिडियोमा चलचित्रका मुख्य कलाकार आशिष पिया र रेवती क्षेत्रीको विछोडको पीडा देखाइएको छ । चलचित्रमा आशिष अतितको भूमिकामा देखिएका छन् भने रेवती ‘साया’ बनेकी छिन् ।

सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित रहेर निर्माण भएको यो चलचित्रलाई मुस्कान ढकालले निर्देशन गरेका हुन् । चलचित्रको पटकथा सामिप्यराज तिमल्सिनाले तयार गरेका हुन् भने संवाद सुविन र सामिप्यले संयुक्त रुपमा तयार पारेका हुन् ।

चलचित्रमा आशिष र रेवतीसँगै नम्रता सापकोटा, सुरजसिंह ठकुरी, सरोज खनाल, शिशिर भण्डारी लगायको मुख्य भूमिका छ । खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको लगानीमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता विनोद अधिकारी हुन् । स्वप्न शंकर, मनोज बिक सहायक निर्माताको रुपमा रहेको यस चलचित्रलाई संजय लामाले खिचेका छन् भने सम्पादनको जिम्मा अर्जुन जिसीले लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment