Comments Add Comment

१५ औं वार्षिक उत्सवमा टेलिकमद्वारा विभिन्न प्याकेज र छुट घोषणा

२२ माघ, काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले १५ औं वार्षिक उत्सवको अवसरमा कम्पनीका विभिन्न सेवामा प्याकेज र छुटको व्यवस्था गरेको छ ।

माघ २२ देखि फागुन २२ सम्म एनटी मोवाइल एप डाउनलोड र रजिष्ट्रेशनमा निशुल्क १०० एमबी डाटा उपलब्ध गराउने भएको छ ।

त्यस्तै पोस्ट पेडका ग्राहकलाई ९०० को रिचार्जको प्याकेजमा प्रतिमहिना ३.३ जीबी डाटा र ५ सयको रिचार्जमा फ्री रिसोर्स उपलब्ध गराउने घोषणा गरेको छ ।

त्यस्तै माघ २३ देखि फागुन ८ सम्म रजिस्टर हुने नयाँ पोस्टपेड ग्राहकलाई ३ महिनासम्म प्रतिमहिना १ जीबी अलटाइम डाटा र १०० मिनेटसम्म् भ्वाइस बोनस दिने घोषणा गरेको छ ।

त्यस्तै टुरिस्ट प्याकेजअन्तर्गत ५ सय रुपैयाँमा ५ जीबी डाटा र नेपाल टेलिकमको नेटवर्कमा ५० मिनेट भ्वाइस कल, ५० वटा एसएमएस र १०० को अन्तर्राष्ट्रिय कलसमेत गर्न सकिने टेलिकमले जनाएको छ ।

त्यसैगरी १००० मा १० जीबी डाटा, नेपाल टेलिकमको नेटवर्कमा १०० मिनेट भ्वाइस कल १०० वटा एसएमसए र २०० को अन्तर्राष्ट्रिय कल गर्न सकिने व्यवस्था गरेको छ ।

माघ २२ देखि ९० दिनसम्म दैनिक, साप्ताहिक, तथा मासिक चाइना कल प्याकेजमा ३५ रुपैयाँमा १० मिनेट, १५० रुपैयाँमा ४५ मिनेट र ५०० मा १६५ मिनेट भ्वाइस कल दिने टेलिकमले बताएको छ ।

त्यस्तै २०७४ असारसम्मको टेलिफोन बक्यौता बाँकी रहेका सर्वसाधारणले २०७६ असार मशान्तसम्म बक्यौता बुझाएमा जरिवाना छुट गर्ने प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिएका छन् ।

अब प्रिपेडमा पनि राेमिङ

वाषिर्कोत्सवको अवसरमा टेलिकमले प्रिपेड रोमिङ कल सेवा शुरु गरेको छ । संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सेवाको सफ्ट लञ्च गरे ।

पहिले यो सेवा टेलिकमका पोस्पेड प्रयोगकर्ताहरुलाई मात्र दिइएको थियो । अब पि्रपेड प्रयोगकर्ताले भारत र चीन जाँदा टेलिकमकै नम्बरबाट भोइस कल, म्यासेज, डाटा चलाउन सक्ने छन् ।

रोमिङ सेवाका लागि पहिले ३० हजार रहेको धरौटी यही जनवरी १ देखि १० हजार रुपैयाँमा झारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment