Comments Add Comment

महिन्द्राको भ्यालेन्टाइन अफर : स्कुटर तथा बाइक किन्दा ८ हजार छुट

२२ माघ, काठमाडाैं । महिन्द्रा टु ह्वीलर्स अन्तर्गत अग्नि मोटो इन्कले भ्यालेन्टाइन–डेको सन्दर्भ पारेर विशेष छुटको अफर ल्याएको छ । कम्पनीका अनुसार महिन्द्राका स्कुटर तथा बाइक खरिद गर्दा ग्राहकले ८ हजार छुट प्राप्त गर्न सक्नेछन् ।

‘नेपाली युवायुवतीहरु माझ बढ्दै गएको भ्यालेन्टाइनको रौनकलाई थप सशक्त एवं अविस्मरणीय बनाउने उद्देश्य सहित कम्पनीले यो छुटको व्यवस्था मिलाइएको हो’, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

महिन्द्राका गस्टो १२५, सेन्चुरो डिक्स ब्रेक, सेन्चुरो रक स्टार, मोजो तथा गस्टो आर एस नेपाली युवामाझ लोकप्रिय रहँदै आएको कम्पनी बताउँछ । यो योजना सिमित अवधिको लागि मात्र लागू गरिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment